सोमबार, ९ भाद्र, २०८२

विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावक

सरकारले केही विज्ञहरू छनौट गरेर पाठ्यपुस्तक तयार गर्छ। तिनै पाठ्यपुस्तकको बारेमा अध्यापन गराउने शिक्षक र अध्ययन गर्ने विद्यार्थी दुबै अञ्जान हुन्छन्। अनि शिक्षण विधि फेल, विद्यार्थी असफल।

विद्यालय भन्ने बित्तिकै पढाइ हुने ठाउँ भनेर दिमागमा घण्टी बज्छ। कतिपय व्यक्तिहरूले यसलाई आठ घण्टाको पिँजडा भनेर परिभाषित गरेको पाइन्छ।

विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना यसको अर्काे परिभाषा पनि हो। पाठ्यक्रमबारे राम्रो धारणा सरकारको मात्र छ।

सरकारले केही विज्ञहरू छनौट गरेर पाठ्यपुस्तक तयार गर्छ। तिनै पाठ्यपुस्तकको बारेमा अध्यापन गराउने शिक्षक र अध्ययन गर्ने विद्यार्थी दुबै अञ्जान हुन्छन्। अनि शिक्षण विधि फेल, विद्यार्थी असफल।

जुन विद्यार्थी अध्ययन गर्छ र जुन शिक्षक अध्यापन गराउँछ उसकैको विचारलाई नसमेटी तयार पारिएको शिक्षा प्रणाली हाम्रो जस्तो हुन्छ भनेर विगत कयौं वर्षदेखि खस्कदै गएको शिक्षाको नतिजालाई आधार मान्न सकिन्छ।

विद्यालयबारे समाज र समाजमा बसोबास गर्ने विभिन्न व्यक्तिहरूले अभिव्यक्त गरेका भनाइलाई हेर्ने हो भने विद्यालयप्रति आम मानिसको धारणा निराशाजनक छ। लगभग जनसंख्याको अधिकांश हिस्सा शैक्षिक संस्था र नेपाल सरकारले पठनपाठन गर्दै आएको शिक्षण सिकाई विधिप्रति आजित छन्। हैरान् छन्। गाली गर्छन्। भन्छन्। रिसाउँछन्।

नतिजामा केही पनि देखिँदैन। शिक्षण सिकाई प्रक्रिमा परिवर्तन केही हुँदैन। उही पूरानो घोक्ने र परीक्षामा ओकल्ने अभ्यास बाहेक नयाँ केही पनि भएकै छैन।

विद्यार्थीको आचरणमा त्यस्तो केही बदलाब आएको छैन। बानीमा त्यस्तो सुधार केही भएको छैन। दश बजे आउने र चार बजे घर फर्कने यो विद्यार्थीको दैनिकी बनेको छ। अर्थात् विद्यालयको परिभाषा बनेको छ।

विद्यालय भन्ने बित्तिकै हरेक दिन केही न केही नयाँ सिक्ने ठाउँ हो भनेर परिभाषाभित्र कहिले पर्ला? हामी शिक्षाविद्हरूका परिभाषा रटेर मख्ख छौं।

विद्यालयको भवन सुविधाजनक भएकै कारणले गुणस्तरीय शिक्षाको ट्याग लगाई दिएका छौं। हामीले कुनै विद्धानको शिक्षासम्बन्धी भनाइ ओकल्नु भन्दा पहिले तिनी विद्यार्थीहरू जसले अध्ययन गरिरहेका छन्, उनीहरूसँग शिक्षाको परिभाषा सोध्नु पर्दैन?

उनीहरूले बुझेको गुणस्तरीय शिक्षाको परिभाषा महत्वपूर्ण हुँदैन? यदि हुँदैन भने हामी उनीहरूलाई किन पढाइरहेका छौं?

जसलाई कुनै कुरा भनिरहेका छौं, उसको रूचि, चाहाना, विचार पहिले सोधिनु र सुनिनु पर्छ। तब मात्र सोध्ने र सुन्ने मान्छेले सही राय दिन सम्भव हुन्छ।

विद्यालयमा विद्यार्थीहरूका लागि उपयुक्त वातावरण हुन पनि आवश्यक हुन्छ। विद्यालयको भवन, बस्ने बेञ्च, कक्षा कोठा, सँगै बसेको साथी र कक्षा कोठामा शिक्षकले पढाउने विधि यिनीहरूलाई ठिक पार्न सके विद्यार्थीको पढाइ सन्तोषजनक हुनसक्छ।

विद्यार्थी
कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत छात्र, छात्रालाई विद्यार्थी भन्ने हाम्रो मान्यता छ। यदी औपचारिक र अनौपचारिक शिक्षाको बारेमा कुरा गर्ने हो भने एउटा व्यक्ति जिन्दगीभर विद्यार्थी रहन्छ।

तर, हामीले यहाँ विद्यालयस्तरका छात्र, छात्रका बारेमा कुरा गर्न खोजिरहेका छौं। जसभित्र १ कक्षा देखि १० कक्षासम्मका छात्र, छात्रा पर्दछन्।

कक्षा एकदेखि दश कक्षा सम्मका छात्र, छात्राहरू सबै पक्षबाट कमजोर हुने हुनाले यो समय अपरिपक्वता र उत्सुकताको समय हो। यिनीहरूलाई जे भन्यो त्यही मान्छन्। जुन जानकारी दियो, त्यसैलाई सत्य ठान्छन्।

समाजले दिनानुदिन जे सिकाउँदै जान्छ। त्यसबाट उनीहरू आफ्नो सामाजिक विश्वास र धारणा निर्माण गर्दै जान्छन्। विद्यालयको वातावरणले जे भन्छ, त्यही उनीहरूको सत्य बनिसकेको हुन्छ।

विद्यालयमा भेटिएका साथीहरू उनीहरूका आफन्त बन्छन्। चोट लाग्यो भने मलम लगाउने सहयोगी बन्छन्। उनीहरूको सुख, दुःख, हासी, मजाक सबैको एउटा अभिन्न अङ्ग बनिसकेका हुन्छन्।

उनीहरूले एकअर्काका बानीहरू साटफेर गर्छन्। विचार आदानप्रदान गर्छन्। उनीहरू जानीजानी केही गर्दैनन्।

यो उमेर र समयमा उनीहरू स्वयम् अन्जान छन्, हुन्छन्। अन्जानमै उनीहरू आफ्नो जीवनको महत्वपूर्ण समय व्यतित् गर्दछन्। पछि मात्र थाहा हुन्छ, बचपनमा बिताएको अन्जान समय कति महत्वपूर्ण हुनेरहेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार