दशैमा हामी धेरै मासु खान्छौं जसले हामीलाई कब्जियत हुने, टाउको दुख्ने, आँखामा समस्या आउने, हड्डीहरू कमजोर हुने, थकान लाग्ने, सास गन्हाउने र पेटका समस्याहरू हुने गर्दछन्। एक स्वस्थ वयस्क व्यक्तिले दिनमा ९० ग्राम मासु खान सक्छ। एक पटकमा ३० ग्रामको हिसाबले दिनभरिको खानामा मिलाएर दैनिक ९० ग्राम खान सकिन्छ। तर पकाउँदा भने ध्यान दिनुपर्छ।
सन्तुलित आहार भन्नाले स्वास्थ्य, जीवन शक्ति र सामान्य स्वास्थ्य कायम राख्नका लागि ऊर्जा उत्पादन गर्ने खानेकुरा, शरीर निर्माण गर्ने खानेकुरा सम्झिनु पर्छ। सुरक्षात्मक खानेकुराहरू सही मात्रामा समावेश गरी खानेकुराका विभिन्न समूहहरू समावेश गर्नु र थप पोषक तत्वहरूको लागि थोरै मात्रामा व्यवस्था गर्नुलाई सन्तुलित आहार भनिन्छ। सन्तुलित आहार पोषणको कमीबाट जनसंख्यालाई सुरक्षित राख्न एक स्वीकृत माध्यम भएको छ।
हाम्रो जीवनशैली जस्तै हाम्रो खानपान, नियमित व्यायामसँग सम्बन्धित छ। यदि यो हुन सकेन भने मेटाबोलिक सिन्ड्रोम हुन्छ। मेटाबोलिक सिन्ड्रोम भनेको यस्तो अवस्था हो, जसले हृदयरोग, मधमेह, मुटुसम्बन्धि रोग, मोटोपन, प्रेसर, कोलेस्ट्रोल लेभल बढाउँछ। यस्ता रोगहरुबाट बच्न हामीले सन्तुलित आहार, सन्तुलित भोजन र नियमित व्यायाममा विशेष ध्यान दिनु आवश्यक छ। सन्तुलित आहार भनेको हाम्रो शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्व जस्तै कार्बोहाइड्रेट, प्रोटिन, बोसी तेल, फाइवर, पानी, भिटामिन र खनिज पदार्थहरु आवश्यक मात्रामा खाने आहार हो। यी पोषक तत्वहरु विभिन्न किसिमका खानेकुराहरुबाट प्राप्त गर्न सकिन्छ। विश्व स्वास्थ संगठनका अनुसार, ५ खाद्यसमूह जस्तै अन्न (भात, चिउरा, कोदो, मकै, गहुँ, आलु तथा कन्धमुल), (दाल र गेडागुडी, मासु, माछा, अण्डा), (हरियो सागसब्जी तथा पहेलो फलफूल), (दुध तथा दुध जन्य परीणाम) र (चिनी र तेल) उचित मात्रामा प्रयो गर्नु सन्तुलित आहार हो।
सन्तुलित आहार प्रत्येक व्यक्तिको उचाई, तौल, लिङ्ग, उमेर, शारीरिक कृयाकलाप, र स्वास्थ्य अवस्थाका आधारमा पनि फरक फरक हुन्छ। इन्डियन काउन्सील अफ मेडिकल रिसर्च २०१० (आईसीएमआर) अनुसार, एक स्वस्थ साधारण काम गर्ने ६० के.जीको पुरुषलाई दिनभरीका लागि २३२० किलो क्यालोरी शक्ति चहिन्छ भने ५५ के.जीको महिलालाई दिनभरीका लागि १९०० किलो क्यालोरी शक्ति चहिन्छ भनिएको छ। सन्तुलित आहारले सबै उमेरका व्यक्तिहरु जस्तै बालबालीका देखि वृद्धसम्म र गर्भवती तथा सुत्केरी महिलाहरुलाई पनि स्वास्थ रहन मदत पुर्याउँछ। साथै सन्तुलित आहारले हाम्रो तौल नियन्त्रणमा राख्न मदत गर्दछ भने रोगसँग लड्ने क्षमता प्रदान गर्दछ। यसले शरीरलाई चाहिने शक्ति प्रदान गर्दै हाम्रो मानसिक र शारीरिक वृद्धि विकास गराउन मदत पुर्याउँछ।
अहिलेको समयमा मानिसहरु सन्तुलित आहारको बारेमा थाहा हुँदाहुँदै पनि यसको महत्त्व नबुझि आफ्नो स्वादको लागी मात्र खानेकुरा खाइरहेका हुन्छन्। हाम्रा धेरै जस्तो खाजाहरु प्रोसेस्सइ फूड र जङ्क फूडले नै सजिएको हुन्छ। जसको करण केहि समय पछि अधिकतम तौल वृद्धि, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, डायविटिज, मुटु सम्बन्धिरोगहरु र क्यान्सर जस्ता घातक रोगहरु लाग्ने जोखिम बढी हुन्छ। तसर्थ, हामीले हाम्रो खानालाई विशेष ध्यान दिनुका साथै नियमित शारीरिक व्यायाम अपनाउनु पनि आवश्यक पर्दछ।
सन्तुलित आहारले रोग र संक्रमणलाई रोक्छ। स्वस्थ शरीरको विकासलाई बढावा दिन्छ। तौल नियन्त्रण गर्न मद्दत गर्छ। मानसिक स्वास्थ्यलाई बढावा दिन मद्दत गर्छ। शरीरको सौन्दर्य बढाउन मद्दत गर्छ। शरीरलाई उर्जा दिन्छ र पर्याप्त निन्द्रा आउँछ।
यतिबेला दशै, तिहार जस्ता ठूला चाडपर्वको समय छ। चाडपर्वमा सबैका भान्सामा अन्य समयको तुलनामा बढी नै चिल्लो, पिरो र गुलियो खानेकुरा पाक्ने गर्छ। अरु बेला त्यति मासु नखाने परिवारमा पनि दशैको बेलामा खानुपर्छ र खुवाउनुपर्छ भन्ने सोच छ। दशैमा परिवार एक साथ बसेर खाने, तास खेल्ने, टिभी हेर्ने गरेर मनोरञ्जन लिइन्छ। दशै मनाउने क्रममा विभिन्न किसिमका भुटेका, तारेका खानेकुराहरू खान्छौं। त्यसरी खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। चाड हो, केही दिन रमाउँदै खानेकुरा खान सकिन्छ। तर विचार नगरी खानेकुरा खाँदा पछि कस्तो किसिमको प्रतिकुल असर पर्छ भनेर ध्यान दिनुपर्छ।
दशै तिहार नजिक आउँदैछ। हामीले खानेकुरामा ध्यान दिन अति जरुरी छ। दशैमा हामी धेरै मासु खान्छौं जसले हामीलाई कब्जियत हुने, टाउको दुख्ने, आँखामा समस्या आउने, हड्डीहरू कमजोर हुने, थकान लाग्ने, सास गन्हाउने र पेटका समस्याहरू हुने गर्दछन्। एक स्वस्थ वयस्क व्यक्तिले दिनमा ९० ग्राम मासु खान सक्छ। एक पटकमा ३० ग्रामको हिसाबले दिनभरिको खानामा मिलाएर दैनिक ९० ग्राम खान सकिन्छ। तर पकाउँदा भने ध्यान दिनुपर्छ। जस्तै तारेको, भुटेको खाँदा चिल्लो पदार्थ थपिन जान्छ। तीस ग्राम बोसो र छाला नभएको मासु खाँदा अन्दाजी ५५ क्यालोरी प्राप्त गर्न सकिन्छ। तर तारेर, भुटेर खाँदा त्यसको डबल ११० क्योलोरी प्राप्त हुन्छ। त्यसकारण मासुको छनोट गर्दा मात्रै होइन, पकाउने तरिकामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। चाडपर्वमा मासु या माछा मात्रै खानेभन्दा पनि सन्तुलित भोजनलाई विशेष ध्यान दिनुपर्छ। पाँच खाद्य समूह मिलाएर भोजनमा समावेश गर्नु पर्छ। कुनै जाति या धर्ममा लामो पूजा गर्ने, भोको बस्ने चलन हुन्छ। आफ्नो परम्परालाई जगेर्ना गर्नु पर्छ। तर त्यस्तो समयमा सुगर, प्रेसर लगायतका बिरामीलाई गाह्रो हुन सक्छ। त्यसैले आफ्नो घरमा कस्ता किसिमका स्वास्थ्य अवस्था भएका व्यक्तिहरू छन्, त्यसलाई ध्यान दिनुपर्छ र समयमै पूजा सकेर खाने व्यवस्था गर्नुपर्छ। त्यसैले सन्तुलित आहार खान जरुरी छ जस्तै फलफूल र तरकारी २५ प्रतिशत, रोटी र अनाज २० प्रतिशत, माछा-मासु १५ प्रतिशत, दूध, चीज र अण्डा १५ प्रतिशत, मिठाईहरु १० प्रतिशत र बाँकी ३० प्रतिशत पानी खानु पर्दछ।
हामीले दिनहुँ खाने खानामा शक्ति दिने, शरीर वृद्धि गर्ने र सुरक्षा गर्ने खानेकुराहरू तथा सफा पानी आदि अर्थात् सबै समूहबाट (गेडागुडी, अन्न, पशुपक्षीजन्य र फलफूल) मिलाएर खाएमा सन्तुलित भोजन हुन्छ। शरीरको सम्पूर्ण विकास तथा स्वस्थ रहनका लागि सबै समूहबाट विभिन्न किसिमको खानेकुराहरू समावेश गरी खानु पर्दछ। “हरेक बार खानाको प्रकार चार” भनी प्रत्येक दिन चारै प्रकारका खानेकुरा- अन्न, गेडागुडी, पशुपक्षीजन्य र फलफूल जस्ता खानेकुरा खानुपर्छ। सन्तुलित भोजन तयार गर्नका लागि महँगा महँगा खानेकुरा ल्याउनु पर्दैन। सन्तुलित भोजन हामी आफैले गाउँ घरमा भएका स्थानीय खानेकुराबाट तयार गर्न सक्छौं। जस्तैः कोदोको रोटी, रायोको साग, दाल, अचार वा भात, दाल, साग गोलभेंडाको अचार आदि।
नेपालमा खानेकुरा सम्बन्धित गलत धारणा छ। जस्तै महिनावारी भएको बेलामा दुध, फलफूल खानु हुँदैन, घरमा बुबाले खाना नखाई आमाले खानुहुँदैन, छोरालाई मात्र दैनिक एक गीलास दुध दिनुपर्दछ, छोरीलाई छोराजस्तो खाना आवश्यक पर्दैन, महिनावारी भएको बेला भान्छा र भण्डार छुनु हुँदैन भन्ने गलत धारणा हाबी छ।
बालबालिकाको उमेर बढ्दै जादाँ उनीहरूको खानाको आवश्यकता आमाको दुधले मात्र पूरा हुन सक्दैन। त्यसैले थप खानाको आवश्यकता हुन्छ। साथै शिशुको पाचन प्रणालीको समेत विकास भई, थप खाना पचाउन सक्ने क्षमताको विकास हुन्छ। त्यसैले ६ महिनादेखि पूरक खाना आवश्यक हुन्छ। पूरक खाना खुवाउँने चलन हाम्रो समुदायमा प्राचिन कालदेखि नै चलिआएको परम्परा हो। जसअनुसार बालबालिकाको पास्नी गर्ने चलन रहेको छ। विधिवत पास्नी गरेपछि बालबालिकाले खान सक्ने नरम खानाको बानी लगाउने चलन छ। बालबालिकालाई सुरुमा दुधभन्दा अलि बाक्लो लेदो खाना बनाएर विभिन्न स्वादका खानाहरूको बानी लगाउनुपर्छ। विस्तारै थोरै खानाबाट बढाउँदै लैजानुपर्छ। शिशुको पेट सानो हुने हुनाले एकैपटकमा धेरै खान सक्दैनन् र चाँडै भोकाउँछन्। त्यसैले उनीहरूलाई पटकपटक खुवाउनुपर्दछ। पुरक खानामा पोषिलो लिटो, पोषिलो पिठो, पोषिलो जाउलो, पोषिलो फर्सीको खिर र पोषिलो खिर आदि पर्दछन्।