पढाइमा स्नातक तह, राजनीतिमा केन्द्रीय सदस्य, सोही समयदेखि अज्ञात रोग लागे पछि उपचारक्रममा विभिन्न ठाउँ र अनेकौं उपाय अपनाएर पनि केही सीप चलेन।
जुन दिन देखि कापी अनि कलम समातेर स्कुले भइयो। सबै इतिहास बुझ्न सकिने अवस्था नै भएन। जब उमेर बढ्दै गयो तब आफूले आफैलाई चिन्ने, घर परिवार, समाज, देश अनि विदेशका सुन्ने बुझ्ने र मन्थन गर्ने गरिन्थ्यो।
बाल्यकाल देखि नै राजनीति गरेर एउटा कुशल राजनीतिज्ञ बन्नुपर्छ भन्ने प्रमुख उद्देश्य थियो। त्यसैमा मेरा लागि एउटा इट्टा थप्ने र जग बसाउने काम बाल क्लब बने।
कक्षा ६ मा पढ्दै गाउँ स्तरीय बालक्लबको सह-सचिव भै कुशलताका साथ जिम्मेवारी पूरा गरेँ। त्यसको एक वर्षमै सचिवको जिम्मेवारी वहन गर्ने अवसर प्राप्त भयो।
लामो समयसम्म सचिव काम गर्दागर्दै वडा र गाविस स्तरीय बालक्लबको अध्यक्ष र जिल्ला बाल संञ्जालको सचिवको पदभार गरि दुई वर्ष पूरा गरियो।
त्सस लगत्तै जिल्ला बाल संञ्जालको अध्यक्ष रहि सात वर्ष बालबालिकाको क्षेत्रमा काम गर्ने अवसर जुर्यो।
सँगै राजनीतिक बाटोमा पनि हिँड्न सुरू गरेँ। नेपाल क्रान्तिकारी विद्यार्थी संघको गाउँ इकाई समितिको अध्यक्ष हुँदै जिल्ला सदस्य, कोषाध्यक्ष, सह-सचिव, सचिव, अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म पुगिसकेको अवस्थामै एक्कासी जीवनमा गाडीको डिस्क ब्रेक लागे जस्तो भयो।
पढाइमा स्नातक तह, राजनीतिमा केन्द्रीय सदस्य, सोही समयदेखि अज्ञात रोग लागे पछि उपचारक्रममा विभिन्न ठाउँ र उपाय अपनाएर पनि, ‘दिन दिन माइ, घट्टी घट्टी आइ’ भने झैँ भयो।
कतै जाँदा पनि सोचेको जस्तो उपचार हुन सकेन। त्यतिबेला आफ्नै खुट्टामा हिँडिरहेको मलाई आज साहारा नभई सम्भव छैन।
जीवन आजभोली अस्ताउन लागेको सूर्य झैँ भएको छ। सबै आशा र रहरहरु निमोठिएका छन्।
बिहानको उदाउँदै गरेको सूर्य सबैले मज्जाले ताप्छन्। बेलुका अस्ताउँदै गरेको सूर्यको त्यति वास्ता हुँदैन। आज भोलि त्यस्तै भएको छ।