मंगलवार, २६ चैत्र, २०८१

पातारासी गाउँपालिकामा युएनडीपीको सहयोग: ३३ लाख बढीको कृषि सामग्री हस्तान्तरण

पातारासीमा महिलाहरू कृषि कार्यमा सक्रिय छन् र यो सहयोगले उनीहरूको श्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

जुम्लाको पातारासी गाउँपालिकामा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले स्थानीय किसान र कृषि समूहहरूको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग गरेको छ।

स्वीडिश इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (एआईडीए) को कार्ययोजनाअन्तर्गत युएनडीपीले कुल ३ लाख ५७ हजार चार सय १० रुपैयाँ ८० पैसा मूल्य बराबरका उपकरण र सामग्री हस्तान्तरण गरेको हो।

यो सहयोगले पातारासीको उत्पादन क्षमता वृद्धि गर्नुका साथै महिला सशक्तीकरण र आत्मनिर्भरताको बाटोमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

हस्तान्तरण कार्यक्रममा युनडीपीका रसु मानन्धर द्वारा पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरालाई सामग्री हस्तान्तरण गरेका थिए।

यो कार्यक्रममा युएनडीपीका पोर्टफोलियो प्रबन्धक प्रज्ञाजन वाई राई, बाल गुरुङ (एएफओ, युएनडीपी), ऋषि ओली (रेरास परियोजना, युएनडीपी) र सबिल मूल (प्रिज्म कन्सल्टेन्सी) साक्षीका रूपमा उपस्थित थिए।

हस्तान्तरण गरिएका सामग्रीहरू खासगरी स्याउ र सिमीको व्यापार योजनालाई मजबुत बनाउन प्रयोग हुने खालका छन्। जुन युएनडीपीको खरीद नीतिअनुसार खरिद गरिएको जानकारी दिइएको छ।

स्थानीय उत्पादन र बजारको सम्भावना
पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले यो सहयोगले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र किसानहरूलाई आत्मनिर्भर बनाउँदै व्यवसायी बन्न प्रेरित गर्ने बताए।

उनले भने, “यो सहयोगले हाम्रा उत्पादनहरूको बजार पहुँच बढाउनेछ र गाउँपालिकालाई आर्थिक रूपमा सशक्त बनाउने छ।”

पातारासीका किसानहरूले परम्परागत रूपमा स्याउ र सिमीको खेती गर्दै आएका छन्, तर उचित उपकरण र प्रविधिको अभावमा उत्पादन र बजार विस्तारमा कठिनाइ भोग्दै आएका थिए।

युएनडीपीको यो सहयोगले ती समस्याहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

महिला सशक्तीकरणमा योगदान
गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले यो सहयोगले विशेषगरी महिला सशक्तीकरणमा ठूलो प्रभाव पार्ने बताइन्।

उनले भनिन्, “यी सामग्रीहरूले उत्पादन क्षमता बढाउनेछ र महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउन मद्दत गर्नेछ। हाम्रा गाउँका महिलाहरूले अब आफ्नो मेहनतको फल आफैं बजारसम्म पुर्‍याउन सक्नेछन्।”

पातारासीमा महिलाहरू कृषि कार्यमा सक्रिय छन् र यो सहयोगले उनीहरूको श्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

४० कृषि समूहलाई सहयोग
हस्तान्तरण गरिएका सामग्रीहरू पातारासीका ४० वटा कृषि समूहलाई पालिका र वडा कार्यालयबाट प्रदान गरिएको हो। युएनडीपीकी परियोजना अधिकृत मानन्धरले कार्यक्रममा सामग्रीको विवरण र कुल लागतबारे जानकारी गराएकी थिइन्।

उनका अनुसार, यी सामग्रीहरूले स्थानीय किसानहरूलाई आधुनिक खेती प्रविधि अपनाउन र उत्पादकत्व बढाउन सहयोग गर्नेछ।

कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि भीमबहादुर बिष्टले प्राप्त सामग्रीको जतन गरी अधिकतम लाभ लिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी यी उपकरणको सही प्रयोग गरेर हाम्रो उत्पादन र आय वृद्धि गर्नेछौं।”

दीर्घकालीन प्रभावको अपेक्षा
यो हस्तान्तरण कार्यक्रमले पातारासीको कृषि क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। युएनडीपी र एसआईडीएको सहकार्यमा भएको यो पहलले स्थानीय समुदायको जीवनस्तर उकास्न र दिगो विकासको आधार तयार गर्न महत्वपूर्ण योगदान दिनेछ।

गाउँपालिकाका नेतृत्वकर्ताहरूले यो सहयोगलाई एक अवसरका रूपमा लिएका छन्, जसले यहाँका किसानहरूलाई नयाँ सम्भावनाहरूतर्फ डोर्‍याउनेछ।

अन्ततः, पातारासी गाउँपालिकामा भएको यो सामग्री हस्तान्तरणले स्थानीय उत्पादन, बजार पहुँच र महिला सशक्तीकरणको क्षेत्रमा नयाँ आशा जगाएको छ।

युएनडीपीको यो सहयोगले गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउने सपनालाई साकार पार्न ठूलो टेवा पुग्ने देखिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार