मंगलवार, ३ असार, २०८२

ग्लोबल मनी वीकअन्तर्गत जुम्लामा वित्तीय साक्षरता कार्यक्रम

यसै सन्दर्भमा लक्ष्मी सनराइज बैंक जुम्ला शाखाले सोमबार जनता माध्यमिक विद्यालय, महत गाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

हरेक वर्ष मार्च महिनामा विश्वभर मनाइने ग्लोबल मनी वीक (Global Money Week – GMW) अभियानले वित्तीय साक्षरतालाई प्रोत्साहन गर्ने लक्ष्य राख्छ।

यो अन्तर्राष्ट्रिय अभियानको मुख्य उद्देश्य बालबालिका र युवाहरूलाई आर्थिक ज्ञान प्रदान गर्नु, बचतको बानी बसाल्न प्रेरित गर्नु र जिम्मेवार वित्तीय निर्णय लिन सक्षम बनाउनु हो।

यसै सन्दर्भमा लक्ष्मी सनराइज बैंक जुम्ला शाखाले सोमबार जनता माध्यमिक विद्यालय, महत गाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई पैसाको महत्त्व, बचतको आवश्यकता र वित्तीय योजना बनाउने तरिकाबारे जानकारी दिइएको थियो।

लक्ष्मी सनराइज बैंक जुम्ला शाखाका प्रबन्धक खडक प्रसाद देवकोटाका अनुसार यो अभियानले विशेषगरी युवा पुस्तालाई आर्थिक रूपमा सचेत र आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउँछ।

उनले भने, “हामीले विद्यार्थीहरूलाई सानै उमेरदेखि पैसाको व्यवस्थापन र लगानीको महत्त्व बुझाउन खोजेका छौं। यो कार्यक्रमले उनीहरूको भविष्यमा सकारात्मक प्रभाव पार्नेछ भन्ने हाम्रो विश्वास छ।”

ग्लोबल मनी वीक सन् २०१२ देखि सुरु भएको हो र यसलाई विश्वव्यापी रूपमा बालबालिका तथा युवाको वित्तीय शिक्षाका लागि महत्त्वपूर्ण मञ्च मानिन्छ।

जुम्लाको यो कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकहरूले वित्तीय साक्षरताको महत्त्वबारे खुलेर छलफल गरेका थिए।

कार्यक्रममा बैंकका कर्मचारीहरूले बचत खाता कसरी खोल्ने, ब्याजदरको हिसाब कसरी बुझ्ने र दीर्घकालीन आर्थिक सुरक्षाका लागि कसरी योजना बनाउने भन्ने विषयमा व्यावहारिक जानकारी दिए।

लक्ष्मी सनराइज बैंकले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

प्रबन्धक देवकोटाले थपे, “हाम्रो प्रयास भनेको आर्थिक शिक्षालाई गाउँ-गाउँसम्म पुर्‍याउनु हो, जसले समुदायको समग्र विकासमा योगदान पुर्‍याओस्।”

ग्लोबल मनी वीक मार्च १७ देखि सुरु भएको छ र यो अभियान मार्च महिनाभर विभिन्न गतिविधिहरू मार्फत विश्वभर सञ्चालन भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार