वर्षेनी ग्रामीण भेगको जंगलमा खेर गइरहेको अल्लो संकलन र सदुपयोगबाट अल्लो व्यवसाय दुर्गम भेगका स्थानीयको समेत जीविकोपार्जनको प्रमुख स्रोत भएको छ।
मनिलाल ढकाल(सुझाव) पेशाले शिक्षक हुन्। शिक्षण पेशा छोडेर अहिले अल्लोबाट राम्रो कमाइ गरिरहेका एउटा प्रतिनिधिमूलक पात्र पनि हुन्। उनले सिस्नु र भाँगो गाँजाको बोटबाट अल्लो धागो र पोशाक उत्पादन गरेका छन्।
हुम्लाको अदानचुली गाउँपालिका लौठी -४ मा जन्मिएका ढकाल उमेरले ४५ वर्ष पुगे। विगतमा उनले गाउँकै ज्ञानोदय माध्यमिक विद्यालयमा राहत दरबन्दीमा एक दशक पढाए। ढकालले मण्डाल्नी अल्लो कपडा उद्योग दर्ता गरेर गाउँमै पाँच वर्ष गरे।
उत्पादन प्रशस्त मात्रामा भए पनि गाउँमा भनेजस्तो मूल्य नपाएपछि सुर्खेत, दैलेख, नेपालगन्जमा आफै सामान बोकेर बजारीकरण गरे। त्यहि आएको रकमबाट वीरेन्दनगर सुर्खेतमा अदानचुली दाजुभाइ साझेदारी ढाका कपडा उद्योग सञ्चालन गरे। अल्लो व्यवसायमा जमेको पनि १० वर्ष पुरा भएको छ।
ढकालले भने सुरुमा करिब ७५ हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेका थिए। ‘प्रविधिको प्रयोग नगरी हातबाट अल्लोको सामान बनाउँदा समय धेरै लाग्दा पनि निरन्तर प्रयास गरिरहेँ। कतै प्रविधिको सहयोग मिलेन उत्पादन पनि बढी हुने सकेन थोरै उत्पादनान धेरै लाग्यो,’ उनले भने।
कोभिडको समयमा भएका सामानहरु पनि नकटेपछि व्यवसाय ठप्पै बन्द रहेपछि उनले धेरै गोल चक्कर खाए। गाउँलेले झारपात पछि लागे पनि कहाँ उभो लाग्ला भन्दै पनि गिज्याइरहे ऋण माग्दा पनि कसैले पत्याएनन्। अल्लो व्यवसायमा भविश्य देखेपछि केही गर्नुपर्छ भनेर पुन: तीन लाख लगानी गरेर हुम्ला, दैलेखबाट कच्चा अल्लो सुर्खेत झारेर पुन: व्यवसाय बढाउन जोड दिएको उनले बताए।
हुम्लाका प्रत्येक गाउँपालिकामा अल्लो पकाउनु, त्यसलाई चर्खाबाट धागो बनाएर हातले पोशाक बुनेर कोट, स्टकोट , टोपी, पछ्यौरा, गलबन्दी, ‘पर्स’ र ‘ स्कूल ब्याग’ जुत्ता लगायतका सामग्री बनाएर बेच्ने गरेका छन्।
परम्परागत काठको तानमा हातले बुनिने अल्लो कपडाको माग स्वदेश तथा विदेशमा पनि बढ्न थालेपछि अहिले अल्लोको कपडा उत्पादन गर्ने ७ जना कामदारलाई भ्याइनभ्याई छ। अहिले यसैको व्यापारबाट वार्षिक १३ लाखसम्म आम्दानी भित्र्याएका छन्। आत्मनिर्भर भएर कर्णालीमै रोजगारीको सिर्जना गर्ने सोच लिएर मैदानमा उत्रिएको ढकालको भनाई छ।
‘अहिले ७ जनालाई रोजगारी दिइरहेको छु। अल्लो व्यवसाय राम्रो व्यवस्थापन गरि, सफल बन्ने र आर्थिक रुपमा पनि सबल हुन सकिने रहेछ,’ उनले भने।
अल्लोको व्यवसाय सुरुवातमा उनले अल्लोको धागो बनाउन चाल्ने सिस्नो, गाँजाको बोट अल्लोको व्यापार गरेर वार्षिक १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको पनि मनिलाले बताए।
उनले थपे, ‘बजार सानो छ, उत्पादन बढी, यहाँका अधिकांश पेशाले यो बजारमा माग उच्च भयो भने सोही ठाउँमा रेहका बेरोजगारीले रोजगारी पाउँथे।’
उनले ८ सय देखि ३५ सय रुपैयाँ सम्मका मूल्यका बराबर अल्लोबाट उत्पादन भएका कपडाको मूल्य रहेको बताए। आफू मात्र रोजगारी नभई हजारौं बेरोजगारहरूलाई रोजगारको सिर्जना गर्ने र केही जीवनशैली बदलिन सकिने उनको दाबी छ।
मनिलाल हाल जाडो सिजनका लागि भएको अर्डर पुरन गर्न उत्पादनमा खटिरहेका छन्। हुम्लामा लगाउने बोखु, बर्खा, खास्टा, उत्पादन गरेर कार्तिकमा गाउँगाउँमा पठाउने योजनामा छन्।
अदानचुली गाउँपालिकाको भदाली बड्डीपहिरामा अल्लो बढी हुने गर्छ। अल्लोका साथै जडिबुटी उत्पादन समेत हुम्लामा बढी हुने क्षेत्रका रूपमा रहेको छ।
सरकारले उद्यमीहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको आरोप उद्यमीहरूको रहेको छ। वर्षेनी ग्रामीण भेगको जंगलमा खेर गइरहेको अल्लो संकलन र सदुपयोगबाट अल्लो व्यवसाय दुर्गम भेगका स्थानीयको समेत जीविकोपार्जनको प्रमुख स्रोत भएको छ।
अल्लो उद्यमीहरूलाई पालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाबाट आवश्यक सामग्रीहरू हस्तान्तरण कार्यक्रम गर्ने कार्यालयले बताएको छ।
भदाली बड्डीपहिरा क्षेत्रको जंगलमा पाइने जडिबुटी, अल्लो लगायतका वस्तुहरू अल्लोबाट बनेका टोपी, आस्कोट, कोट, जुहारी कोट, झोला, पर्स, सललगायतका सामान बजारमा राम्रो मूल्यमा बिक्री भइरहेको छ। जसका कारण उद्यमीहरूलाई काम गर्न सहज हुने गरेको छ।
अरु उद्यमीहरूले बोल्दे थैलाहरु बोराबाट राम्रो आम्दानी गरिरहेको छ। पालिकाबाट छुट्याउन सकिने अनुदानहरु उपलब्ध गराएर उद्यमीहरुलाई प्रोत्साहन गर्ने अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए।