मंगलवार, २४ चैत्र, २०८२

शैक्षिक सत्रअघि भर्ना र शुल्क लिन रोक, नियम उल्लंघन गर्नेलाई कारबाही हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने तथा अग्रिम शुल्क लिने कार्यमा कडाइ गर्ने निर्णय गरेको छ। मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई पत्राचार गर्दै यस्तो कार्य नगर्न स्पष्ट निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार केही विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र विभिन्न शीर्षकमा अग्रिम शुल्क असुल गर्ने गुनासो बढ्दै गएपछि ध्यानाकर्षण भएको हो।

शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न पाइँदैन भने स्वीकृत शीर्षकबाहेक अन्य शुल्क लिन पनि कानुनले अनुमति दिएको छैन।

मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क लिएको, फरक शीर्षकमा शुल्क उठाएको वा एउटै विद्यालयमा पटक–पटक भर्ना शुल्क असुल गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, अग्रिम रूपमा शुल्क लिइसकेको अवस्थामा तत्काल फिर्ता गराउन पनि निर्देशन दिइएको छ।

यसैगरी, सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका विद्यालयहरूको नियमित अनुगमन गर्न र नियम उल्लंघन गर्ने विद्यालयमाथि आवश्यक कारबाही गर्न आग्रह गरिएको छ।

मन्त्रालयको यो निर्णयले अभिभावक र विद्यार्थीलाई अनावश्यक आर्थिक भारबाट राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार