बुधबार, ४ असार, २०८२

सम्झनामा भवानी मा.वि!

बादलका थुङगाबाट, पानीका थोपा छुटेका जस्तो…! हावाका झ्वकाबाट चिसो छुटेको जस्तो…! वसन्त ऋतुमा नयाँ पालुवा पलाउँदै गर्दा उसको पुरानो अनावरण छुटे जस्तो। आखिर छुट्नु नै त जिन्दगी रहेछ!

जीवन दुरुस्तै परसम्म आयो। आज जीवन अबोध बालकबाट वयस्कसम्म पुग्यो। तर समय उही रहेन। सायद, त्यो बालापन जति मिठो यो युवा र वयस्क अवस्था त्यति सुहाउँदो रहेनछन्। थाह छ हुर्काइ जति मिठो छ त्यो आमाको काख छुट्यो। विद्यालयको पाठशाला छुट्यो। सरहरुको माया छुट्यो। साथीभाइको साथ छुट्यो। खेल्ने आँगन छुट्यो। बस्ने चौतारी छुटे सायद छुट्नु नै जिन्दगी रहेछ।

पर सम्म पुगेर हेरेँ कतै आमाबुबाले समाएका हात छुटे! कतै रात छुटे! कतै तिमी छुट्यौ! कतै आफ्नो जिन्दगी छुट्यो।

जसरी समय छुट्यो। जसरी दिन छुट्यो। महिना अनि वर्ष छुट्यो। आमा बुबाको काख छुट्यो। सँगैको साथी जागिरे भएछ। हामी सहयात्रासँगै गरेर हिँड्यौ। तर विद्यालयका शिक्षक जति प्रिय अरु लाग्दो रहेनछन्। जहाँ भेटे पनि आफ्नै हो लाग्ने। पिटेको सम्झे पनि उ सायद, आफ्नो भएर पिटेको महसुस हुने। आज जीवन परसम्म पुग्दा सफल हुँदै गर्दा आफ्नो गुरुहरुले सिकाएको ज्ञानको ज्योतिले छाएको उज्यालो हो!

एउटै बगैंचामा हुर्केका हरेक डालीहरुले सबै कोपिलाबाट फूलहरू देखाउन सक्छ भन्न सकिन्न। हो निर्भर रह्यो त्यही फुल्ने हो। त्यसले यो जीवन क्षणिक आकर्षण हो। जति खुसी रहन सक्यो त्यति नै उत्तम मानिन्छ। विद्यालयमा गुरुहरुले सिकाएको कुरा अलि पर पुग्दा भुल्न सक्छु सोचिन्थ्यो। तर भुलीहाले थापा सरले पिट्नु हुन्छ भन्ने सोच हुन्थ्यो। सबै भन्दा जिम्मेवार अनि आफ्नो पेशामा निडर हुनुहुथ्यो, गुरु जम्मान थापा सर।

उहाँको विषय अर्थशास्त्र र लेखा सबै भन्दा रेगुलर हार्ड हुन्थे। जसलाई दिन रात घोकेर अध्ययन गर्नु आफ्नो कर्तव्य सम्झ्न्थ्यौं। हरेक विधामा सबै सफल र सार्थक शिक्षक हुनुहुन्थ्यो। गणित र विज्ञान जनक रावल सरले पढाउनु हुन्थ्यो। तर आफूलाई गणित विज्ञान सबै भन्दा न आउने हुन्थे। हिसाब गर्ने र उत्तर मिलाउन कठिनाई हुन्थे। तर गुरु जनक रावलले विद्यार्थीको बुझाई र सिकाइलाई उसको क्षमतासँग दाँज्नु हुन्थ्यो। भोली उ सफल हुँदा र न हुँदाको कल्पना गर्न सकोस्। हेर्नु न हिजो सँगै फाटेको झोला फेर्ने बालपन छुट्यो। आज तन मन र धनले समन्ध छुट्यो।

सायद, बालापन र जिम्मेवारीसँग यही जीवन जुधेको रहेछ। हामीसँग त फाटेको झोलापनी थिएन। गरिबीले मारेको अनि बुबाआमाको काँधको जिम्मेवारी बहन गर्ने अवस्था नाजुक थियो। हामी सानो भएर पनि बुझ थियौं। म जस्तै सबै मेरो साथीहरु पनि एउटै थिए। कोही हुने खाने थिए त कोही हुँदा खाने थिए। तर मजबुरी सबैको एउटै थियो।

सपना सबैले देखेर हिँड्थ्यौ। सरहरुले के बन्छौं भन्दा कोही डाक्टर र कोही शिक्षक त कोही इन्जिनियर बन्ने सपना पूरा गर्ने लक्ष्य राख्थे। तर त्यो हाम्रो घरको क्षमता अनुसार पटकै थिएन। हामी गरीब छौं। हाम्रो घरको अवस्था नाजुक छ। त्यो हामी बुझ्न सक्ने थियौं। सायद, त्यसैले हाम्रो सपना भन्दा पर हाम्रो परिवारको सपना हुन्थ्यो। जहाँ एक छाक भात खान दशैं तिहार कुर्नु पर्ने दिन थिए।

त्यसैले प्रदेश हाम्रो घरको सपना हुन्थ्यो। सँगैको साथी पनि परदेशी भए। कोही घरको जिम्मेवारी बोकेर, कोही भाँडा माझेर आमाबुबाको पेट पाल्दै छन्, त कोही सरकारी सेवामा कार्यरत छन्। फरक यति हो उनीहरु र हामीमा फरक हिजो र आज उस्तै छ।

हामी दुःखलाई धोएर हीरा बन्न सक्छौं, उनीहरू हिरा किनेर दुःख पोख्न सक्छन्। हामी छुटेका चौतारीसँग सोध्नु थियो के रहेछ छुट्नु? छुट्नु मिल्लु नै जिन्दगी रहेछ खै यो जिन्दगी के रहेछ।

बादलका थुङगाबाट, पानीका थोपा छुटेका जस्तो…! हावाका झ्वकाबाट चिसो छुटेको जस्तो…! वसन्त ऋतुमा नयाँ पालुवा पलाउँदै गर्दा उसको पुरानो अनावरण छुटे जस्तो। आखिर छुट्नु नै त जिन्दगी रहेछ!

सायद, हाम्रो पाठशाला त गुरुहरूको शिक्षा भन्दा पहिला आमाबुबाको काख थियो। त्यसैले पनि ताते र बामे सर्दै हुर्कँदै गर्दा सामान्य अवस्थामा छोडेर फाटेको चोली लगाएर मुसुक्क हाँस्दै, काम गर्दै रुवाउँदै आमाले सताएको जिन्दगी जति प्यारो त केही हुँदैन होला। तर पनि बुबाको हात पाखुरामा बाँधिएको घरको आँगन जति उज्यालो कुनै चांदनी रात पनि हुँदैनन् होला। हामीले सिक्यौं के कुरा? हामीलाई सिकाए के कुरा? त्यो पनि हामी जब बुझ्दै जाँदा भुल्नु त भएन।

एउटा आमाबुबा र गुरुहरूको अगाडि त्यो चेला कहिले ठूलो हुन सक्दैन। जहाँ आमा बुबाको काख र गुरुहरूको शिक्षा भन्दा बढी त्यसैले यो जीवन पनि एउटा पत्रिक्रमा हो। तर साथीहरु छुटे जस्तो केही छुट्ने रहेनछ। नदीको भेलले किनारमा बलुवा छोडेको जस्तो मबाट साथी छुटे! रुखले, गृष्ममा पात र रोगी हाला छोड्छ। पानीले वर्षामा बादल छोड्छ। यो समयमा, त म… तपाईं तिमी।

अनी सम्बन्ध पनि टाढा हुँदा छुट्यो साथी। आज कोही कता कोही कता तामाका बदनबाट पट्याङ छुटेको जस्तै गरी…समयले बाटो टाढा बन्यो। आमाको काखबाट बचेरा छुट्यो! वर्षौं पहिले यो देशबाट म छुटेँ। मबाट देश छुट्यो। खुशी कता छुटे? बालपन कता छुट्यो? आफ्ना कता छुटे? साथी कता छुटे! जिन्दगी छुट्नकै लागि रहेछ! म छुटेँ, मेरा छुटे, हामी पनि छुट्यौ!

अब त दशकौं पछि गाउँ फर्किँदा विकासको लहर लागेर हाम्रो विद्यालयलाई राम्रो बनाएको देखेँ। भवानी माविको ठूलो पर्खाल निर्माण सम्पन्न भएको रहेछ। स्थानीय सरकारको सहयोगमा ठूलो गेट निर्माण गरेको रहेछ। धारा पानी सबै कुराको राम्रो जोड गरेको रहेछ। आफूले जीवन देखेको पाठशालाको रङरोगन देखिएको थियो। अब त उसले पनि काँचुली फेरेको रहेछ।

हिजोका दिनहरुमा मेरा गुरुहरुले अध्ययन र कखरा सिकाएको विद्यालय बनेको देख्न ठूलो सपना थियो। आज सफल हुँदैछ, मलाई नेपाली लेख्न सिकाउने गुरु गोकर्ण न्यौपानेलाई सम्झना गर्दै मेरो सम्झनामा भवानी मावि देखेको सम्झना गरेँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार