शनिबार, ११ आश्विन, २०८२

उज्यालो युवा क्लबद्वारा पालिकामा प्रस्ताव तथा प्रतिवेदन पेस

सल्यानकाे दार्मा गाउँपालिकाका वडा नम्बर ५ बछेला बाट सञ्चालित उज्यालो युवा क्लबले सामुहिक छलफलमा साझा प्रस्ताव तयार बनाएर आज बिहीबार असाेज ९ गते दार्मा गाउँपालिकाकाे प्रशासन र शिक्षा, युवा तथा खेलकुद शाखामा क्लबका अध्यक्ष दिपेश खड्का र सचिव घनराज खड्काले बुझाउनु भएको थियोे साथै लेखा संयाेजक नवीन खड्का र क्लब व्यवस्थापन सिमित अध्यक्ष रामचन्द्र खड्का समेत साथमा गएका थिए।

क्लबले गएको ७ गते भाैतिक भेला तथा अनलाइन छलफल गरेको र सबैको गुनासो समेटिने गरि प्रस्ताव तयार बनाएको क्लबका सचिव घनराज खड्काले जानकारी दिनु भएको छ। सचिव खड्काले क्लबकाे प्रस्ताव साझा छलफल बाट लेखिएको र यसलाई कागजमा मात्रै सिमित नराखिक्न कार्यान्वयन गर्न सक्दाे पहल कदम चालिदिनु हुनु अनुरोध गरिएको र पूरा नभएको खण्डमा थप कदम समेत चालिने बताएका छन् ।

प्रशासकीय प्रमुख रेशम ओलीले आज उक्त प्रस्ताव बुझ्दै भन्नू भयो।-हामी न्यून बजेटका बाबजुद पनि क्लबलाई तत्काल क्लबकाे उदेश्य अनुरुप लाेभउन्मुख कला संस्कृति जगेर्ना सम्बन्धि कार्यक्रममा समन्वय गर्ने बताउनु भएको त्यस्तै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्माेद केसीले क्लबकाे टिम सँग कुरा गर्दै भने”पछिल्लो समय बढ्दाे युवा फ्स्टेस्नका बिच पनि गाउँमा रहेको समय समाज सुधारमूलक कार्यमा लागेको देख्दा हामी निकै खुसी छाैँ।”

प्रस्तावमा उल्लेख बुदाहरु:-
१.लाेभउन्मुख कला तथा संस्कृतिक जगेर्ना
२.जनचेतनामूलक कार्यक्रमहरु
३.खेलकुद
४.वातावरण संरक्षण
५.पशु तथा कृषि
६.याेजना निर्माण र कार्यान्वयनमा युवाको सहभागीता
७.विद्युतिकरण
८.विद्युतिय उपकरण
९.सञ्चार
१०.स्वस्थ्य
११.सार्वजनिक क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप तथा आफू पहुँच नियुक्ति बन्द
१२.भ्रष्टाचार नियन्त्रण गरि, सुशासन कायम गर्नका लागि विज्ञ तथा युवाको समन्वयमा आयोग गठन
१३.यातायात, ग्रामीण सडकलाई समयमा सुधार गर्ने,
१४.बेरोजगारकाे तथ्यांक संकलनमा पहल

क्लब र पालिका प्रशासन शाखा र शिक्षा, युवा तथा खेलकुद शाखा बिच यी प्रस्ताव तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार