मंगलवार, ३ असार, २०८२

कविता : उसका यादहरु

झरना झैँ बग्छन् यी सम्झनाहरू,
चिसो बतास झैँ छोएर जान्छन्।
उसको नाम लिइ हर साँझमा,
नयनका बूँदहरू पोखिएर जान्छन्।

चन्द्रमासँग उसको रूप झल्किन्छ,
तारा झैँ झलमल ती आँखा देखिन्छ।
हावासँगै गुनगुनाउँछु म,
तर उसको आवाज कहिल्यै सुनिदैन।

ती हाँसो, ती बोली, ती मायाका कुरा,
आज पनि मनभित्र गुञ्जिरहन्छन्।
समय बित्छ, दिन बदलिन्छ,
तर उसलाई भुल्न मन कहिल्यै मान्दैन।

टाढा भए पनि नजिकै छ जस्तो,
मेरो धड्कनमा उसको नाम बस्छ।
सास चलुञ्जेल, माया मेटिन्न,
किनभने ऊ मेरो यादमा सधैँ बाँचिरहन्छ।

मैले चाहेको समयमा उसलाई,
भेट्न सकिन्न
कहिले नआउने गरेर उसका
यादहरु मेट्न सकिन्न।

जसरी जहाँ र जुन तवरले,
उसका याद मेरो मनमा आउँछन्।
त्यसरी नै फेरि फर्किएर जान्छन्।
उसका यादहरुलाई म नत रोक्न सक्छु
नत छेक्न सक्छु।

उसका याद यति निर्दयी छन्,
कि मेरो प्रवाह नगरी घरीघरी
आउने गर्छन्, सम्हाल्नै नसक्ने गरि
याद न हो गर्नुपर्ने हुन्छ।
चाहे मित्र, चाहे शत्रु जो कोहिको पनि

यहि यादले मलाई जिउन सिकाएको छ
मलाई बाँच्न दिएको छ।
नयाँ जीवन दिएको छ।
भो फिर्ता लैजाउ भनेर कसरी भनौं?

तिम्रा याद छन् रत म छु
जहाँ छु जे छु तिम्रै
यादको कारण छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार