शाहीले राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठाउँदै भने, “यो युवाहरूको भविष्य बर्बाद गर्ने थलो हुन हुँदैन।” उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन्।
राष्ट्रिय सभामा आइतबार राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध खेद प्रस्ताव पारित भएपछि उनले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिवाद गरेका छन्।
सांसद शाहीले राष्ट्रिय सभाको भूमिका र यसको प्रयोगप्रति कटाक्ष गर्दै भनेका छन्, “चुनाव हारेका हरुवा चरुवा भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा भएको छ। यस्तो अवस्थामा हामीले वृद्धाश्रमलाई बालआश्रम भन्नुपर्ने हुन्छ।”
उनको भनाइमा सत्तापक्षप्रति असन्तुष्टि झल्किएको देखिन्छ। “मेरा विरुद्ध खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्,” उनले भने। साथै, उनले वृद्धावस्थाका नागरिकहरूलाई घरमै बसेर आफ्ना सन्ततिसँग समय बिताउन सुझाव दिएका छन्।
राष्ट्रिय सभालाई “हरुवा, चरुवा भर्ती केन्द्र” भन्नु अपमानजनक भएको भन्दै उक्त टिप्पणीको विरोध भएको छ। संसदभित्रैबाट उनको भनाइप्रति असहमति जनाउँदै खेद प्रस्ताव पारित गरिएको थियो।
शाहीले राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठाउँदै भने, “यो युवाहरूको भविष्य बर्बाद गर्ने थलो हुन हुँदैन।” उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन्।
कतिपयले उनको भनाइलाई समर्थन गर्दै राष्ट्रिय सभाको प्रभावकारिता पुनरावलोकन गर्नुपर्ने बताएका छन् भने कतिपयले यसलाई गैरजिम्मेवार अभिव्यक्ति भन्दै आलोचना गरिरहेका छन्।
















