बिहीबार, ५ चैत्र, २०८२

प्रेस चौतारी नेपाल जुम्लाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूको सहभागिता रहेको थियो।

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर जुम्ला जिल्ला कार्य समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कुल ६ जनाले रक्तदान गरेका छन्। प्रेस चौतारी नेपाल जुम्लाका अध्यक्ष मानदत्त रावलका अनुसार रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उनले यस प्रकारका सामाजिक गतिविधिहरूले पत्रकारितालाई मानवसेवामा पनि जोड्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले रक्तदान सेवाको उच्चतम रूप भएको बताउँदै यस्तो कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए।

उनले पत्रकारिता केवल समाचार संकलन र प्रकाशनमा सीमित नरही समाजसेवामा पनि सक्रिय हुनुपर्ने धारणा राखे।

कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूको सहभागिता रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार