बुधबार, ४ असार, २०८२

प्रेस चौतारी जुम्लाको नयाँ कार्यसमिति, मानदत्त रावल अध्यक्षमा पुनः निर्वाचित

अधिवेशनको उद्घाटन सत्रपछि भएको बन्द सत्रले रावललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।

पत्रकार मानदत्त रावलको नेतृत्वमा प्रेस चौतारी नेपाल, जुम्ला शाखाको नयाँ कार्यसमिति गठन भएको छ। जिल्लामा विहीबार सम्पन्न प्रेस चौतारी जुम्लाको चौथो जिल्ला अधिवेशनबाट मानदत्त रावलको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

अध्यक्षमा मानदत्त रावल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन। यसअघि विशेष साधारण सभाबाट उनी अध्यक्षमा निर्वाचित भएपनि पूरा कार्यकालको अवधि पूरा भएको थिएन। अधिवेशनको उद्घाटन सत्रपछि भएको बन्द सत्रले रावललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।

रावलको नेतृत्वमा गठित १५ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष (खुला)मा सपना रावत, उपाध्यक्ष (समावेशी)मा लक्ष्मी न्यौपाने चयन भएका छन्। सचिवमा पत्रकार काली बहादुर परियार, सह-सचिव(खुला)मा दिपक बुढाथापा, सह-सचिव (समावेशी)मा प्रभा भण्डारी निर्वाचित भइन् भने कोषाध्यक्षमा महेश चौलागाईं चयन भएका छन्।

कार्यसमितिका सदस्यमा सीता कुमाई, कविता थापा, प्रभा भण्डारी, स्यानु उपाध्याय, हिर बहादुर रोकाया, ललितजंग थापा, लोकेशजंग कामी, बिन बहादुर रावत, नरेन्द्र रोकाया निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन्।

प्रदेश महासचिव प्रेमराज सिम्खडाले पत्रकारहरुको पेशागत हक र सुरक्षाका लागि प्रेस चौतारीले अग्रणी भूमिका खेल्नुपर्ने बताए। प्रेस चौतारीका संरक्षक गोर्ख बहादुर थापा, पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार