हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन्। हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन्।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गएरातिदेखी हिमपात शुरु भएको छ। हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ।
हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन्। हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन्।
जिल्लाको बडिकेदार गाउँपालिकाको खड्यौली, अतरकाडा, बडिकेदार धाम, लगायत क्षेत्रमा हिमपात भएको छ।
त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न ठाउँमा हिमपात भएको छ। खप्तड शिखर, नापानी, केदार धुरा, लगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि परिरहेको स्थानीयवासीले बताएका छ्न।
हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा रहेका छन्।
पानी नपरेर गहुँ सुक्ने अबस्थामा पुगेका थिए हिजो राती देखि वर्षा संगै हिमपात भए पछि गहुँ लगायत खेती समेत सप्रिने स्थानीय राम बहादुर बिठारीले बताउनु भयो।