छिटो विवाह, छिटो गर्भाधारण, धेरै बच्चा जन्माउने, गर्भावस्थामा पनि धेरै गाह्रो काम गर्ने, समयमै उपचार नहुँदा पाठेघर खस्ने समस्या बढेको थियो।
कति छोराछोरीलाई तलाई हैजाले लग्यो। दुई वटा छोरालाई एकै घानमा कर्णालीले सर्लक्क निल्यो। मनलाई शान्त बनाउन देउडा गाउँदै दिन बिताइन्, अदानकला महताराले।
५४ वर्षिया अदानकला महताराले साझा सवालको रेकर्डिङमा कार्यक्रममा देउडा गाउँदा करिब चार सय मान्छेले मन खोलेर ताली पड्काए। टलक्क टल्केका हिमालका अघिल्तिर उभिएर देउडा गाउँदा कार्यक्रम सकिएपछि पुरै तीन दिनसम्म चप्पल पड्काएर आफ्नो गाउँतिर झरिन्। जुन देउडा गीत रहेको थियो।
छोराछोरी रुँदै रोगभोगले, क्या खाउँ र क्या लाऊँ।
तर्रै आँसु चुँदै महिलाका, पिर मर्का हेर्या।
हुम्लीका पाउ दुख्या, मुगु जिल्ला गाडी गुड्या
नेताजति लुक्या, जनातका समस्या ल्यायौँ।
यहि देउडा गीतबाट चर्चामा आएकी अदानकला महतारा समाजमा भएका सामान्य घरेलु हिंसा देखि समुदायमा भएको छाउपडी लगाएत अनेक गतिविधीहरुबाट विरक्तिएर उनी महिला माथि भएका विभेद विरुद्धका आवाजहरु हरेक ठाउँमा गीत मार्फत विद्रोह गरेकी छन्।
आजभन्दा २२ वर्षअघि अदानकला महताराले आफ्नो नाम आफैंले लेख्ने अनौठो सपना देखिन्। यही बाटो पछ्याउँदै उनले देखेको सपनामा गाउँमा सुरु भएको प्रौढ कक्षामा दूधे बच्चालाई ढाडको बर्खोमा पोको पारेर एक्लै पुग्दा उनलाई धुलौटोमा सिन्काले खोस्रेको आफ्नो नाम त्यति सुन्दर देखिन्छ भन्ने अन्दाज पनि थिएन।
उनलाई धुलोसितको यो खेल जादूमय लाग्यो। बाल्यकालको भन्दा भिन्नै तर उत्तिकै रोचक। यही धुलोमा उनले आफ्नो लेख्न सिकिन्।
सन्तानको रहर नहुँदा नहुँदै पनि वर्षैपिच्छे जन्मने सन्तानले बाटोमेलो नपाएका आमाहरूका लागि ती जन्मनुअघि नै झन्झट र टाउको दुखाइमा परिणत भइसकेका हुन्थे। हुम्लामा बालविवाहका कारणले गर्दा कत्तिपय महिलामा पाठेघर खसेर महिलाहरु ग्रसित छन्।
छिटो विवाह, छिटो गर्भाधारण, धेरै बच्चा जन्माउने, गर्भावस्थामा पनि धेरै गाह्रो काम गर्ने, समयमै उपचार नहुँदा पाठेघर खस्ने समस्या बढेको थियो।
प्रौढ शिक्षा पढाउने सर गाउँका लागि स्वास्थ्य स्वयंसेविका खोज्दै आए। बच्चा च्यापेर धुलौटोमा सिन्काले लेख्दै मेट्दै गरेकी अदानकला देखेपछि सोधे, स्वयंसेविका बन्न्या हौ?
अदानकलालाई स्वयंसेविका भनेको के हो थाहा थिएन तर अनौठो नाम र केही ‘बन्ने’ कुरा सुन्नासाथ उनको सपनाले अर्को फड्को मार्यो। कति बच्चा रुँदै निस्किए, कति घरपरिवारलाई रुवाउँदै। कति आफू रोए न तिनको लेखान्तका लागि दुई थोपा आँशु चुहाइदिने नै कोही भए।
महिलाहरु महिनावारी भएका बेला घरको आँगमन वा जग्गाको छेउमा आगो बालेर खुला आकाशमा रात बिताउनुुपर्ने बाध्यता रहेको बताइन्।
‘वर्षौंदेखि महिलाले यसरी रात बिताउनुु परिरहेको छ। सामाजिक र धार्मिक मूल्य मान्यताको सिकार महिला भइरहेको छन्,’ उनले भनिन्।
खुला ठाउँमा बस्नुुपर्दा चार, पाँच जनाको समूह बनाएर बस्ने गर्छन्। घरको जग मात्र छोए पनि देउताले राम्रो नगर्ने धार्मिक मान्यताका कारण घरको भान्सालगायत कोठामा त के गोठमा पनि बस्न पाइँदैन।
छाउपडीले मानसिक र शारिरीक स्वास्थ्यमा नकारात्मक असरले ग्रस्त हुँदा महिलाहरु समस्यामा गुज्रिएकी छन्। एकाधिकार वर्चश्वसाली पुरुषले सामान्य रुपमा दबाउने प्रवृत्तीले कथित मानसिकता अपराधिहरुसंग विगुल फुक्दा फुक्दै महिला अधिकारका लागि सक्रीय भएर हजारौँ अदानकला जस्ता महिलाहरुका लागि ढाल बनेर चिनिएकी छन्।