मंगलवार, ४ कार्तिक, २०८३

जुम्लामा जिपबाट ब्राउन सुगर बरामद, चालकसहित तीन पक्राउ

जुम्लामा अवैध लागूऔषध ब्राउन सुगरसहित जिप चालकसहित तीन जना पक्राउ परेका छन्।

​नाग्माबाट जुम्ला सदरमुकामतर्फ जाँदै गरेको भे १ ज ६८९ नम्बरको जिपलाई तिला गाउँपालिका–३ कुडारी बजारस्थित प्रहरी चौकी लिताकोटको टोलीले चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो।

​पक्राउ पर्नेहरूमा जिप चालक तातोपानी गाउँपालिका–५ का २७ वर्षीय आकाश नेपाली, तातोपानी–१ राँकाका २० वर्षीय विकास सार्की र तिला–३ लिताकोटका १८ वर्षीय राकेश कठायत रहेका छन्।

​जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शंकास्पद अवस्थामा जाँच गर्दा सार्कीको साथबाट १ पुडिया, जिपको छतमा राखिएको सेतो बोराभित्र ४ पुडिया र कठायतको झोलाबाट १ पुडिया गरी जम्मा ६ पुडिया खैरो पदार्थ भेटिएको थियो।

​बरामद पदार्थको तौल ४ ग्राम ९३० मिलिग्राम रहेको छ। प्रहरीले जिप र लागूऔषधसहित नियन्त्रणमा लिइएका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

गजल

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

गजल

ताजा समाचार