घामकिरी कुर्दाकुर्दा
सपनाहरू बिउँझेर
उठ्न लागेका हुन्,
ताराहरू टिप्न नसकेपछि
पर्खेर बस्न भन्दै
थाकेका हुन सक्छन् सपनाहरू
उड्न पुगेका हुन्।
खुसी खोज्न
बादलको अँध्यारोमा अन्धाधुन्ध
दौडिने खुसीहरू
रात नबिउँझिनुभन्दा
पहिला बिउँझिन्छन्
अरू केही पाउन।
सपनाको उज्यालो
सपनाहरू भन्दा कयौँ गुना उज्यालो हुन्छ
जुनकिरीको रश्मि सरह,
कत बयान इन्दुको हुन्छ
अझ बर्ता ताराहरूको गरिन्छ
अलिकति पनि लेखिनु हुन्न
जुनकिरीको आख्यान।
किनकि झिलिकमिलिक ताराहरू
र इन्दु
जुनकिरी भन्दा धेरै पर बस्छन्,
त्यसैले हो रहेछ
छेउको तीर्थ बढी हेला हुने
किनकि घामकिरी टिप्न
बिउँझेका सपनाहरू
जुनकिरी टिप्न
कहिल्यै बिउँझेनन्।













