मंगलवार, ४ कार्तिक, २०८३

जुम्लामा द्वन्द्वकालीन बम विस्फोट, १४ वर्षीय बालकसहित दुई घाइते

जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा द्वन्द्वकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । विस्फोटमा परी १४ वर्षीय एक बालक गम्भीर घाइते भएका छन् भने अर्का एक जनाको अवस्था सामान्य छ ।

​जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार सोमबार भएको उक्त विस्फोटमा प्रयोग भएको विस्फोटक पदार्थ तत्कालीन सशस्त्र द्वन्द्वको समयको रहेको खुलेको छ ।

​विस्फोटमा गम्भीर घाइते भएका बालकलाई तत्काल उद्धार गरी थप उपचारका लागि सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको डीएसपी दाहालले जानकारी दिए ।

​बम फेला परेको स्थान र घटनाको वास्तविक कारणबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

गजल

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

गजल

ताजा समाचार