हेर्दाहेर्दै न्यानो माया लुक्यो होला कतातिर
खोलाजस्तै मायामिल्थ्यो सुक्योहोला कतातिर।
लालुपाते फूल जस्तै ढकमक्क हाम्रो माया
कहाँ नेर कसो गरि चुक्यो होला कतातिर ।
बरु खोज्न उतै जाँन्थे चाल सम्म मिलीदेओस्
मेरी सानु मायालुले खोक्यो होला कतातिर ।
पटुकिले कसे जस्तो कसिएको हाम्रो माया
छक्क पर्छु कसरी पो फुक्यो होला कतातिर ।
कठ्याङ्ग्रिने जाडो पनि आईसक्यो आँगनीमा
मेरी मुटु कसले पो छेक्यो होला कतातिर ।
डाँफेले झैँ डाँडा बसी खोजी रछु तिमीलाई
मेरी सानु कहाँ बसी रुक्यो होला कतातिर ।














