मेरो औधी मन पर्ने काँधको रातो मफलर
मलाई एक्लै हिउँदमा यसले कहाँ छोड्छर ?
चट्ट पारी मेरो कुममाथि आएर बसिदिन्छ
अनि मलाई देखाईदिन्छ अति नै शुन्दर ।
शिरमाथि जहिले ढाँकाटोपी हुनुपर्नेे भन्छ
दाह्री काटेको फेशमा कालो चस्मा खोज्छ
अनि दौरा सुरुवाल र कोट लगाएर बस रे
त्यसैमाथि रातो मखलर बेरेर हिँड्न भन्छ ।
गोडामा नि कालो जुत्ता लगाई हिँड्न भन्छ
अफिसमा कालो कोट्मा पहिरी बस भन्छ
औपचारिक कार्यक्रममा हिँड्दा बस्दा पनि
मुस्कुराउदै रातो मखलर नछोड हैपो भन्छ ।
रातोरातो यो गलबन्दीमा धेरै चमक हुन्छ रे
ऐश्वर्य र रोशनी जस्तो तेज् तेजपनि हुन्छरे
पहिरीन्छु म रातो मखलर न्यानो पनि हुन्छ
सबको नजर यसमै पर्छ यसमै रम्ने गर्छु ।
मैले चाहेरमात्र कहाँ बेरेकोछुँ रातो मफलर ?
आएकोछ प्रस्ताव मेचीदेखी कालीबाट
मेचीकालीका आफन्तको पाई स्नेह मायाँ
रातो मफलर बेरी लेखेँ मफलरको कविता ।
२०७९/९/१८ सोमबार, डोटी ।














