जति धेरै बोले पनि यदि दम त्यसमा छैन भने
एउटै शब्द काफी हुन्छ त्यसमानै यदि दम छ भने
सयौँ दिन बोलेर नि यदि मन छुन नसक्ने भए
अमृत बाणी बोलौँन बरु थोरै बोलेर हुने भए।
ढ्वाङ ढ्वाङ बाेली गोप्य कुरा तिनी खेरै जाने पो हुन्छ
बोलेर मात्रै पनि कुनै समस्या सल्टिने कहाँ हुन्छ,
जिब्रो पनि सुनलाई जस्तै तौली बोल्न जान्नु पर्दछ
सोची बिचारी ती जनताको पिर मर्का बुझ्नु पर्दछ।
राम्रोसँग जानेर बुझेर बोलौँ प्याक्क प्याक्क नबाेलौँ
बोलेर होइन गरेर काम ती सबै सफल पारौँ
देश र जनता जुनै सामु बोल्दा होस् सयौँ चाेटि साेचौँ
कछुवा झैँ बिस्तारै हिँडौँ बरु हामी दम्दार बोली बोलौँ।
२०८१/१२/२१/६ कोहलपुर।