सोमबार, ९ भाद्र, २०८२

कविता : देश विकासका निम्ति

व्याक्ति गाउँ शहर सबै परिवर्तनमुखि हुन्छन्,
जहाँ बसे पनि त मानिस विकासप्रेमी हुन्छन्।
सबैको चाहना हुन्छ आफ्नो ठाउँ राम्रो बनाउने,
विकास गर्दै देशलाई समुन्नत र सभ्य बनाउने।

देश विकास हुनलाई स्थिर सरकार चाहिन्छ,
यसको लागि ईमान्दार राजनितिज्ञ चाहिन्छ,
साँच्चै विकास गर्न त्यो दुरदर्शी नेता चाहिन्छ,
सरकार नेता र जनतामा प्रतिबद्वता चाहिन्छ।

हरेक व्यक्तिमा उत्साहित आशा चाहिन्छ,
जाँगरसँगै मान्छेमा सिर्जनशीलता चाहिन्छ,
ईमान्दारिता जाँगरसँगै साधनस्रोत चाहिन्छ,
प्राकृतिक मानवीय र आर्थिक स्रोत चाहिन्छ।

किकास गर्नलाई कानूनी अधिकार चाहिन्छ,
अधिकारसँगै क्षमता विस्तारका प्रकृया चाहिन्छ,
मानिस विकास प्रेमी बनाउन उत्प्रेरणा चाहिन्छ,
उत्प्रेरणासँगै ईच्छा आकांक्षा समेट्ने सोच चाहिन्छ।

औद्योगिक सँगै वस्तु तथा सेवा उत्पादन चाहिन्छ,
प्रथमत:आधारभूत कुरा पुर्ति गर्ने सोच चाहिन्छ,
विकास हुन सबैतिर सामाजिकीकरण हुनुपर्छ,
विकासको खम्बा सक्षम मानवीय शक्ति चाहिन्छ।

विकासमा अल्प होइन दिर्घकालीन् सोच चाहिन्छ,
दिर्घकालीन् सोच सँगसँगै दिगो विकास चाहिन्छ,
अनिमात्र सवत्र सकरात्मक परिवर्तन देख्न सकिन्छ,
अनि मात्र सवत्र प्रगतिमूलक परिवर्तन फैलिन्छ।

यसैले प्रत्येक मानिस ईमानदार र जाँगरिला बनौँ,
ईमान्दार नेतृत्वकर्ता र प्रतिबद्व राजनितिज्ञ बनौँ,
स्रोत अनि मानवीय शक्तिको समुचित उपयोग गरौँ,
मोह र लालच केही नराखि ईमान्दार बन्ने प्रण गरौँ।


२०८१/११/१५/३

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार