प्रजातन्त्र जन्म्यो
खै चिना टिप्पन
कोठाका कुना कुनामा
मेरा बाजे बराजुहरु
हजुर बा अनि बाबाहरु
उहाँहरु सुत्ने खाट मुन्तिर
झुत्रो टालोमा
गुथमाथु गरेको पोको भित्र
सबै तिर खोजे
तर खै!!
प्रजातन्त्रका पुर्खाहरु
प्रजातन्त्रका श्रष्टाहरु
प्रजातन्त्रका मुहान अनि
प्रजातन्त्रका सन्ततिहरु
टुहुरो प्रजातन्त्र जन्म्यो
खै चिना टिप्पन?
जन्मनु अघि पनि टुहुरो
जन्मदै टुहुरो अनि
जन्मेपछि पनि टुहुरो
हिजो आज अनि भोलि
जहाँ सुकै जैले सुकै
सधै टुहुरो प्रजातन्त्र
आफुमाथि थुपारिएका दोषहरु
होसै नगरिकन
बनाइएका बोसहरु
लापरबाहीका ठेसहरु
लाचार मानसिकता
भएका मानिसहरू
त्यसैले सबैले भन्छन्
टुहुरो प्रजातन्त्र
खै चिना टिप्पनहरु ?