जन्म लिएपछि एकदिन मरि जान्छ मान्छे।
साँच्चै.. कहिले नफर्किने गरि जान्छ मान्छे।
मृत्यु पनि कति धेरै निर्दयी बनेका होलान?
कोहि कोहि त चरा-मुसा सरी जान्छ मान्छे।
अनेकौं रोग, दु:ख, कष्ट कारण बनि दिन्छन्,
बाँच्दा पनि मृत्यु सामु घरीघरी जान्छ मान्छे।
बाँचुन्जेल एक्लोपन मेटाउन सक्दैन कसैले
आखिर मरेपछि किन घाटभरी जान्छ मान्छे।