जसको धेरै विश्वास थियो
उसैबाट भयो विश्वासघात,
आधा यात्रा साथसाथै भयो
अनि बाटो काटाकाटभयो
भयो विश्वासघात
कसम थियो सँगै चाल चल्ने
तर चलेको चाल बदलियो
दुर्भाग्य, म त्यही चालमा छु आज पनि
तर उसको हाल बदलियो
भयो विश्वासघात
कसम थियो सँगै इतिहास रच्ने
तर ठहरियो झेट भएन साँचो
जुन दिन ऊ मुकाममा पुग्यो
दुर्भाग्य त्यो दिन भएन मेरो खाँचो
अनि भयो विश्वासघात
जसको धेरै थियो, विश्वास
उसैबाट भयो विश्वासघात
(तातोपानी -१ बाइराकाका कवि वैदेशिक रोजगारको सिलसिलामा हाल दोहा कतारमा बस्दै आएका छन्।)















