सोमबार, २ असार, २०८२

यो वर्षको हिउँ खेल्नै पाइएन

बसन्त ऋतु शुरु हुँदैछ
शिशिर ऋतु सकिँदैछ
म दोषी कि यो हिउँद दोषी!
यो सालको हिउँदमा
हाम्रा गाउँ बस्तीसम्म
कसैगरी हिउँदभरीमै हिउँनै परेन।

बितेका प्राय हिउँदमा
हिउँदेयाम सँगै
हिउँसँग खेल्न पाइन्थ्यो
तर यो वर्षको हिउँद
विस्तारै घर्किंदै छ
प्यारो लाग्ने हिउँदको घामको
छुट्टै आनन्द लिनै पाइएन।

मलाई ताजै याद छ
हिउँदमा हिउँपरेर
जुम्ला हुम्लाका एयरपोर्टहरू
हप्ता/ १५ दिन हिउँ नबिलाएर
धावनमार्गको हिलो माटो नसुकेर
प्लेनहरू बस्न सक्दैनथे
दिनहुँ प्लेन डिले हुन्थे।

कर्मचारी, प्रहरी, नेपाली सेना
एयरपोर्ट छेउछाउका सर्वसाधारण मिलेर
धावन मार्गको हिउँ पन्छाउँथ्यौ
हिउँले हानाहान गर्थ्यौँ
हिउँमा पल्टेर हिउँसँगै
आफ्ना छापा निकाल्थ्यौँ
हिउँमा आँखा टल्केर
हेर्न नमिल्ने हुन्थ्यो।

गमगडीमा बस्दा पनि
हिउँपछिको रारा हेर्न
राराताल सम्म पुग्ने गर्थ्यौँ
डोटीमा बस्दा पनि हिउँ हेर्न र खेल्न
बगलेख सम्म घुम्न जान्थ्यौँ
फोटो खिच्थ्यौँ भिडियो बनाउँथ्यौ
कविता कोर्थ्यौँ हिउँसँग खेलेका
शायरी रच्थ्यौँ हिउँसँग जिस्किएका
तर यो बर्षको हिउँद घर्कीसक्यो
गर्मी बढ्न लागि सक्यो
हिउँ देख्न पाइएन, हिउँ खेल्न पाइएन।

प्यारो लाग्ने घाम अब छिट्टै
छल्नु पर्नेबेला आइसक्यो
स्वीटर जकेट उनिटोपी यो वर्षलाई
काम नहुने भैसक्यो
बलाङ्केट हिटर र आगोको महत्व
दिनानुदिन घट्दै आउन थालिसक्यो।

नेपालगन्ज लगायत तराईका हुस्सु र
पहाडमा बादलले डम्म भरिने आकाश
यो वर्ष न हुस्सुले भरिए
न बादलले आकाश ढाकिए
घर छेउसम्म हिउँ नपरेपनि
छर्लङ्ग उज्यालो मौसमसँगै
उत्तर तर्फका हाम्रा शुन्दर
हिमशृंखलाका दृश्यहरू
हेर्दै मन भुलाउनु परेको छ।

हिउँ नपरे पनि साँझपख भने
हिमाली चिसो हावा आइरहेको छ
बिहानपखमा चिसो शिरेटो चलिरहेको छ
दिउँसोमा भने घाम चर्किदै आइरहेको छ
हिउँदको जाडो बिस्तारै घर्किरहेको छ
यसबर्षको हिउँसँग खेल्न नपाएर
कताकता नमजा भने पक्कै लागिरहेकोछ।

२०८१/१०/३० प्यूठान।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार