आज नागरिकहरुले यस्तो न्यायमुर्ति पाएछन्
कि पीडितले पनि अदालतबाट निस्पक्ष नहुने उर्दी पाएछन्
न्यायाधिशहरुले नै न्यायको मुकुन्डो लुकाएपछि
दण्डित हुनुको सट्टा अपराधीले नै क्षतिपूर्ति पाएछन्।
जब राजनीतिमा गर्ने नाममा एक बेइमान निस्किन्छ।
थाहा हुँदैन सोझालाई त्यहाँ विना विचारको भान निस्किन्छ।
एउटा होइन दुइटा होइन हजारौं निराशाहरु पोख्दै
अधिकार स्वतन्त्रता र न्यायको लागी एक जवान निस्किन्छ।
कुनै नारी एक नामर्दबाट यौनाचार हुन्छिन्
त्यही दिन उनी हरेक पत्रिकाको समाचार हुन्छिन्
सहि र गलत छुट्याउन नसक्ने यो समाजको
अगाडि सधै सधैका लागि लाचार हुन्छिन्।
राजनीतिको नाममा कतिसम्म बेइमानी गर्छौं
भ्रष्टाचार झन् भन्नु छैन जानिजानी गर्छौ
एकातिर नारा लगाउँछौ रास्ट्रवादको
अर्कोतिर देशै बेच्ने कुराकानी गर्छौ।















