बुधबार, ४ असार, २०८२

सधै थकित भइ आउँछ विद्यालय के सिकेर जान्छ?
हजारको चक्करमा गुमाउँछ सय के सिकेर जान्छ?

अरे म टुटिसकेको मान्छेलाई हराउन चाहान्छ कोहि,
यार मलाइ हराएर भए पनि विजय के सिकेर जान्छ?

मेरो सुरक्षामा यसरी खटिएको छ त्यो भिडको मान्छे,
गर्धन जोगाएर टुटाइ दिन्छ हृदय के सिकेर जान्छ?

अपरिपक्व उमेर मै ठूलो जिम्मेवारी बोकेको मान्छे हुँ,
मसँग घरीघरी जुध्न आउँछ समय के सिकेर जान्छ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार