लेखमा हिउँ पर्या छ रे
गाउँमा चिसो बढ्या छ रे,
पल्लाघरका बुढा बाजे
भन्नुहुन्छ रे
कहिले जाला यो चिसो पनि
घामको मुख देख्दा हुँ
तातोले जिउँ सेक्दा हुँ
घरकी घरिनाले भन्छिन्,
बच्चाका हात फुटेका छन्
आमाका खुट्टा फुटेका छन्
खोलामतिर जानेहरु भन्छन् रे,
पानी जमेर बरफ बनेका छन्,
अनि पारखीहरु भन्छन् रे
चिया पिउने सराबी बनेका छन्,
सुन्छु
लेखमा हिउँ पर्या छ रे
गाउँमा चिसो बढ्या छ रे।
(तातोपानी गाउँपालिका -१ बाईराका जुम्लाका कवि हाल दोहा कतारमा हुनुहुन्छ।)