आईतवार, २५ माघ, २०८२

कसरी दौडिए सफरमा मेरा गोडाहरु।
सुन्छौ भने सुनाउँछु थुप्रै छन् किस्साहरु।।

आमा बाहेक अर्को भगवान् कहाँ भेटिन्छ?
भगवान् बन्न सकेनन् मैले पुजेका ढुङ्गाहरु।

जिन्दगी तैंले पनि मसँग घात गरेको छस्,
नत्र यसरी रमाउने थिएनन् मेरा आफ्नाहरु।

ठिकै छ समय तैंले पनि परीक्षा लिए हुन्छ,
मैले पार गरिसकेँ जीवनका अप्ठ्याराहरु।

ओठ मुस्कुराउँदा रहस्य सोध्यौ तिमीले,
कहिल्यै सोधेनौ कसरी भिजे परेलाहरु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार