मंगलवार, ३ असार, २०८२

कविता : झ्याउ छ

दारु खाउँ, मलाई डर लाग्ने।
दारु नखाउँ, साथी पिर मान्ने।
खाँदा नी झ्याउ छ।
नखाँदा नी झ्याउ छ।

साथ दिउँ, पछि लागेको सम्झिन्छ।
नदिउँ, पुगिमान भो भन्छन्।
साथ दिँदा नी झ्याउ छ।
साथ नदिँदा नी झ्याउ छ।

बोलुँ बढी बोल्छ भन्छन्।
नबोलुँ ठूलो भएछ भन्छन्।
बोले नी झ्याउ छ।
नबोले नी झ्याउ छ।

काम नगरी बसौँ, काम नपाको भन्छन्।
काम गरि रहुँ, अझै कति पुग्या नाई भन्छन्।
काम गरे नी झ्याउ छ।
काम नगरे नी झ्याउ छ।

पैसा खर्च गरौं, बाबाको सम्पत्ति छ भन्छन्।
पैसा खर्च नगरौं, मख्खीचुस भन्छन्।
खर्च गरे नी झ्याउ छ।
खर्च नगरे नी झ्याउ छ।

प्रेमिकालाई फोन गरौं, प्रेमिकाको घोडो भन्छन्।
प्रेमिकालाई फोन नगरौं, आवारा भन्छ्न्।
फोन गरे नी झ्याउ छ।
फोन नगरे नी झ्याउ छ।

रमाइलो गरौं, कति मात्तिएको भन्छन्।
रमाइलो नगरौ, रसै नभएको भन्छ्न।
रमाइलो गरे नी झ्याउ छ।
रमाइलो नगरे नी झ्याउ छ।

समग्रमा जिन्दगी..
राम्रो गरे नी झ्याउ छ।
नराम्रो गरे नी झ्याउ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार