१.
सुखी र समृद्ध
नारामा हो सिमित
देश बर्बाद।
२.
भाषण ताली
कहिलेसम्म मख्ख
लाज लजायो।
३.
हिमाली हावा
मनमा शीतलता
प्रकृति रस
४.
पिरती हाम्रो
अटुट र वाचा हो
तिम्रो र मेरो।
५.
हाँसेको आहा
क्या दामी सुहाएको
काञ्जिरोवा त्यो।
६.
हारेको छैन
जीवनको खेलमा
जित्नेछु मैले।
७.
जिन्दगी मेरो
जिउनु छ आफैंले
नछेक बाटो।
८.
कर्णाली मेरो
प्रकृतिको खानी हो
घुम्न आउनु।
९.
भाषाको जन्म
भएको भुमि हो यो
जुम्लाको सिञ्जा।
१०.
विभेद गर्छौं
अहिलेसम्म पनि
भन्दैनौं मान्छे।















