शनिबार, २४ माघ, २०८२

कविता : मास्टर

ओइ मास्टर!
तँ मास्टर होस्,
मास्टरकै हैसियतमा बस्।
तैंले खान पाइन नभन्
हामीलाई धेरै भएछ भने खालास्
तेरो मुख खानको लागि बनेको होइन,
त्यो त घोक्रो सुक्नेगरी पढाउनको लागि बनेको हो,
खानको लागि त हाम्रा मुखहरु आस परिरहेछन्

तैंले लाउन पाइनँ नभन्
हामीलाई कपडा धेरै भएछ भने लाउलास्
तेरा पाखुराहरु ढाकिनको लागि बनेका होइनन्,
ती त जोतिनको लागि बनेका हुन्,
मुठ्ठी पारेर टाउकामाथि उठ्नको लागि त
हाम्रा पाखुराहरु तयारी अवस्थामा छन्।

हामीले हाम्रो तलब हामी नै निर्धारण गर्छौं
त्यसैले हामीलाई कसैले हल्लाउन सक्दैन
तिमीहरु मागेर खानेहरु हौ,
खान मन भए ज्यानको बाजि लगाओ
ए अझ तँ त बोर्डिङको पो मास्टर?
त्यसोभए चुपचाप मुखमा चेन लगाएर बस्।

ओइ मास्टर,
तेरो र मेरो हैसियत नै मिल्दैन
यो अनुरोध होइन आदेश हो,
आदेश दिने र लिने बीच सवाल जवाफ हुँदैन
त्यसैले तँ चुपचाप तेरो काममा फर्किहाल
नत्र……!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार