गाउँ, जिल्ला, अनि देशै छोड्नु पर्ने
आँसु र पसिनाका थोपा थोपा जोड्नु पर्ने,
परदेशी हुनुका पीडा
एक एक सिक्का र मोहोर जोडेर
आमा, बा, श्रीमती,
लालाबाला चटक्कै छोडेर
हिँड्नु पर्ने,
यीनै हुन,
परदेशी हुनुका पीडा
बिर्सेर आफूलाई,
सम्झेर अरुलाई
म तिम्रै हुँ,
तिमी मेरै हौ
भन्नेलाई पनि
छोडेर हिँड्नु पर्ने
परदेशी हुनुका पीडा
घरमा परिवार अनि आफन्त
सिकिस्त हुँदा पनि,
भेट्न नपाउने,
मुद देख्न नपाउने,
जान नमिल्ने छोडेर,
घाउमा मलम लाउन नपाउने
म हुँ परदेशी
मेरो पीडा हो, परदेशी हुनु
(तिलक नेपाली जुम्लाको तातोपानी -१ बाईराकाका स्थायी बासिन्दा हुन। उनी हाल दोहा कतारमा छन्।)