सोमबार, ८ पुष, २०८१

दीपक बुढथापाका पाँच मुक्तक

पीडितको छ अझै बेहाल फेरिएको छैन।
उस्तै छ दैनिकी उस्तै छ चाल फेरिएको छैन।
रातारात तिम्रो सहर चियाउने धरहरा फेरिएछ,
वर्षौं अघि टाँगिएको त्रिपाल फेरिएको छैन।

बिस्तारै गाउँ छोड्यो अनि सहर आयो।
रातारात मनमा खै के चाहिँ रहर आयो।
हिजो यहि देशमा बस्छु केही गर्छु भन्नेको,
आज एकाबिहानै देश छोडेको खबर आयो।

जसरी हाइ भन्दा बाई भन्नेहरु,
फोन नम्बर माग्दा नि नाई भन्नेहरु,
यो मनसँग त्यो मन मिलाउँदा के नै जान्छ र ?
माया गरि बोलाउँदा पनि दाइ भन्नेहरु।

कुनै नभनी ओैकाता स्वीकार्न सक्ने भए।
राखेर खुसिहरुका खात स्वीकार्न सक्ने भए।
म उति बेला नै उनलाई स्वीकारी सक्थेँ होला,
यो समाजले सबै जात स्वीकार्न सक्ने भए।

राख्न नहुने थियो आखिरमा गल्ती गरिएछ।
थुपार्ने गर्छन् अनेकौं पिरमा गल्ती गरिएछ।
जसलाई जहाँ सुहाउन्छ त्यहीँ छोडि दिनुहोस्,
राखेर बेकारमा पाउलाई सिरमा गल्ती गरिएछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार