सोमबार, ८ पुष, २०८१

बिर्सिएको अतित

ए यादहरु हो,
तिमी मसँग नआओ,
मैले अतित बिर्सिसकेँ,
तिमी सम्झाउन नआओ,
अतित बिर्सेपछि,
जिउन सजिलो हुनेरहेछ ,
हो आजभोली मलाई यस्तै भइरहेछ,
तर तिमी यो जिन्दगीलाई,
उही विन्दुमा अल्झाइरहन नआओ ।

यहाँ,
मैले ढोका बन्द गरेर बसेको छु,
अझै भन्दा,
ढोकामा भोटे ताल्चा पनि मारेको छु,
अतितहरु फर्केर नआउन भनेर नै,
मैले यो सब गरेको छु,
किनकि,
मलाई अतित फर्काउनै मन छैन।

मैले अतित बिर्सनको लागि,
भोटे ताल्चा मात्र होइन,
मेरो घर वरीपोरी चारैतिर,
अग्लो पर्खाल र काँडेतार अनि,
बलियो गेट पनि बनाएको छु,
किनकि,
मलाई अतित यहाँ कतै देख्नै मन छैन।

त्यो अतित जहाँ,
दिनहरु रात जस्ता,
रातहरु दिन जस्ता,
आफ्नाहरु पराइ जस्ता,
पराइहरु आफ्ना जस्ता,
सत्य झुट जस्तो,
झुट सत्य जस्तो,
स्वर्ग नरक जस्तो,
नर्क स्वर्ग जस्तो,
त्यो केही नबुझिएको समय,
त्यो केही नचिनिएको समय,
त्यो अनभिज्ञताको समय।

जसले ,
गलत संस्कारको विकास गर्छ,
रिस, राग, ईश्र्या पाल्छ,
स्वार्थ, विभेद बोक्छ,
अगाडीको बाटो छेक्छ,
अनि वृक्ति विकासमा अवरोध पैदा गर्छ।

त्यसैले त,
मैले प्रतिगमन त्यागेर,
अग्रगमन रोजेँ,
अत अब म सँग त,
सहकार्यको वर्तमान अनि,
शाषाको भविष्य मात्र बाँकी छ,
तर तिमी बिर्सिएको अतित,
फेरी फर्काउन नआओ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार