मेरो दैव हो कि यस्तै भाग्य हो
मलाई कुलङ्गार बनाइदियो
गाउँमा सबैले हेप्ने अनि पिट्ने गर्थे
म अपाङ्ग भएरै होला
जन्मजात यस्तै हो कि
खै के हो
अझसम्म पत्तै पाइनँ!
धामी झाँक्री गरे
ज्योतिष गरे
केही भाउ लागेन
अन्तत मेरो जीवन कुलङ्गार बन्यो
जता हिँड्दा मेरै तारिफ
जता हिँड्दा मेरै प्रशंसा
भाग्यले यस्तो बनाइदियो
सोच्न पनि सक्दैन
एकै आँखाले मेरो
जीवन चलिरहेको छ
यस्तै अनेकौँ पीडाहरू
कसैको मन जित्न सकिनँ
यस्तो भयो कि म
परिवारको बोझ
समाजको बोझ
हेर्दा हेर्दै साथीभाइको बोझ
के फर्किउ र घर
मेरो लागि मसान घाट बनिसक्यो
कति हेरु समाज
मेरो लागि शत्रुता भइसक्यो
आफ्नै ठाउँ पनि आज
बिरानो परदेश भइसक्यो
सपनै सपनाको सहर
अझै रहरै रहरको जीवन
बाउले खाए छोराले हेर्ने ठाउँ
त्यति सजिलो छैन
त्यो पापी सहर
म नघिर्सिएको ठाउँ छैन
म एक कुहिरोमा हराएको
काग हुँ,
मसँगैका साथीहरू
सगरमाथा चुमिसके
चार ढलान छतबाट
मलाई घृणा गर्ने अवस्थामा पुगिसके
म अझै सडकमै छु।
















