एक क्षेत्रबाट सफल हुन नसके पनि आफ्नो पेशा गरेर जीवन चलाउन सक्ने वातावरण बनाउनु उनले आफ्नो कर्तव्य ठानेर कपाल सीप सिकेर आफ्नो जन्म भूमिमा व्यवसाय सञ्चालन गर्ने आँट राखिन् आज सफल भइन्।
पश्चिमी समाज एक आफैमा आत्म निर्भर छ। यहाँ बेरोजगारको सङ्ख्या अधिक छ देशको आर्थिक अवस्था सिर्जना गर्ने वातावरण सिर्जना गर्ने सरकारको ध्यान छैन।
हाम्रो समाज एउटा वास्तविक जीवन खोज्न चाहँदैन तर अवश्य कोर्न चाहिँ सक्छ। तर नेपाली समाजमा सोचे जस्तो हरेक सुविधा उपलब्ध नभएता पनि छोरा छोरीको जीवन बनाउनु आमाबुबाले आफूलाई विर्सिदिएको हुन्छन्।
कुनै सन्तानले आफ्नो समस्याको हल गर्ने र आफ्नो क्षमतालाई र दुःख कष्ट र हरेक समस्या बावजुत पनि आफ्नो आत्मवल कठोर बनाएर परिवारको जिम्मेवारी माथि आफूलाई फिट राख्न भरपुर उपयोग गर्छन्।
हामी यो धर्तीमा जन्म लिन्छौ तर कर्म गरेर आफ्नो जीवनलाई सार्थक बनाउन सबैले सक्नुपर्छ भन्ने धारणा कसै कसैले मात्र राख्ने गर्छन्। देशले विकासको समन्वय र गतिशील परिवर्तन बिस्तारै पन्छाउँदै गएको छ।
पूर्वी नेपालको हरेक क्षेत्रमा सबैले सीप विकास तालीम केन्द्र बनाएर आफ्नो जीविकोपार्जन गर्ने कार्य गर्दै गर्दा पश्चिमी नेपालमा सक्रिय राजनितिक कारणले त्यति विकासको सुविधाहरु थिएनन्। अझै पनि विकट र दुर्गमको कारण उच्च शिक्षा हाँसिलको लागि मध्यपश्चिम र पूर्वका जिल्लाहरूमा जानुपर्ने बाध्यता नै छ।
जब देशमा विकासको सिर्जना हुन्छ, सबै शिक्षित हुन्छन्, राम्रो सोच र विचार लगेर सबैले आफ्नो जीवन बनाउन चाहन्छन्।
लाज मान्ने, लजाउने काम गर्ने हिचकिचाउने हाम्रो समाज शिक्षित वर्गहरुले गर्दा आफ्नो कर्म प्रति ऊर्जावान बन्न सफल हुन्छन्, भन्ने एउटा उदारणीय हुन् झुपा विक उनी जन्मेको समाज अझै कालो रात जस्तै छ।
त्यहाँ काम गर्दा लाज हुन्छ। कुरा काट्ने समाज छ, अगाडि बढेको देख्न नसक्ने अफ्नाहरु छन् त्यो समाजमा हुर्कर यहाँ सम्म पुग्नु सानो कुरा हैन्।
गाउँको विद्यालयबाट आफ्नो माध्यमिक र स्नातक तहको अध्यापन पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत छिरेकी झुपा भेटनरी शिक्षामा लगानी गर्दै आफ्नो अध्ययन पुरा गर्दै, एकातिर आफ्नो हात पाखुराको कर्मप्रति पनि जोड दिँदै कपाल काट्ने तालिम सिक्दै थिइन्।
एक क्षेत्रबाट सफल हुन नसके पनि आफ्नो पेशा गरेर जीवन चलाउन सक्ने वातावरण बनाउनु उनले आफ्नो कर्तव्य ठानेर कपाल सीप सिकेर आफ्नो जन्म भूमिमा व्यवसाय सञ्चालन गर्ने आँट राखिन् आज सफल भइन्।
जीवन सबैलाई पाठ दिएर जान्छ मात्र कोही सफल हुन्छन्, कोही असफल बस आफ्नो कर्म र कर्तव्य प्रति आस्थावान र आमाबुबाको भरोसा अटुट लगावले आफ्नो जीवन बनाउन सफल हुन्छन्।
यो समाजमा केटा, केटीले अलग अलग पेशा गर्नुपर्छ भन्ने छैन सीप सिकेर जुन काम गर्दा पनि हुन्छ। राम्रो काम गरेर आफू बनाउन र बन्नु नै ठूलो कुरा हो।