जुम्लाको चन्दननाथ नगरपालिकामा जातीय विभेद भएको छ। चन्दननाथ नगरपालिकामा कार्यरत नगर प्रहरीहरुको केही विवाद हुँदा केही जातीय आक्षेप लाग्ने अपशब्द बोलेर एक नगर प्रहरीले जातीय विभेद गरेकी छन्।
नगरपालिकाको प्राङ्गणमै महिला नगर प्रहरीहरु माला उनी रहेको भिडियोमा देखिन्छ र सामान्य एकआपसमा गाली गलौज गरेर चर्काचर्की भएको छ। उनिहरु बीच झगडा किन भएको त्यो प्रष्ट रुपमा भिडियोमा छुट्याउन सकिँदैन तर नगरपालिका कार्यरत महिला नगर प्रहरी पुष्पा भण्डारीले अर्की नगर प्रहरी अनिता सुनारमाथि जातीय आक्षेप लाग्ने अपशब्द बोलेर विभेद गरेकी छन्।
घटना हेर्दा सामान्य विभेद भएको देखिन्छ। नगर प्रहरी पुष्पा भण्डारीले अनिता सुनारमाथि आक्रोश पोख्दै भनेकी छन्”वादिनी आफ्नो औकात देखाउदी जस्तो र आफ्ना जातका मान्छे” अस्पष्ट शब्दको प्रहारमा उनले जातिय विभेद गरेकी हुन्।
उक्त भिडियो खिचिरहेका जुम्ला जिल्ला बाल सञ्जाल अध्यक्ष गोकर्ण सुनारले प्रश्न गर्छन्। “आफ्नो कारण झगडा भएको हो भने जातको कुरा किन निकाल्नु? त्यत्तिकैमा नगर प्रहरी भण्डारी भन्छिन् “वादीहरु मात्रै धेरै बोल्छ” उनले आफ्नो नजिक भएको आफ्नो समुदायको नगर प्रहरीलाई देखाउदै भन्छिन्।”यिनीहरू केही त वादी जस्तै बोल्दैनन्”
गोकर्ण सुनारले फेरि प्रश्न गर्छन् “जात डुम यताउता भनेर हुन्छ? त्यत्तिकै फेरि ढुक्कको साथमा नगर प्रहरी भण्डारी भन्छिन्” भुन्या हो अर्थात् भन्न पाइन्छ” जस्तो शैलीमा भनेकी छन्।
यता नेपालको कानूनले सार्वजनिक स्थानमा जातीय विभेद गरेमा कडा कारबाही गर्ने व्यवस्था गरेको छ। जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। यदि सरकारी कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्तिले यो अपराध गरेमा उसलाई थप ५० प्रतिशत सजाय हुन्छ। यो मुद्दा सरकारवादी हुने भएकाले पीडितले उजुरी दिएपछि प्रहरीले नै अनुसन्धान गरी मुद्दा दायर गर्छ। कानुनले पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था पनि गरेको छ।
यो घटनाको विस्तृत छानबिन भई दोषीलाई कारबाही गर्न दलित अधिकारकर्मीहरुले आवाज उठाइरहेका छन्।
थप भिडियो हेर्ने लिङ्क क्लिक गर्नुहोस















