विद्यालयले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्न उत्प्रेरणा कार्यक्रमको आयोजना गरेको छ। विद्यालयमा गठित सृजनशील बाल क्लबको आयोजनामा भएको उत्प्रेरणा कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
घोराही उपमहानगरपालिका–१६, सार्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरूले चित्रकला प्रदर्शनी गरेका छन्। शुक्रबारको अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूले विभिन्न विधा र व्यक्तित्वहरूका चित्रहरू सिर्जना गरी विद्यालयमा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूको सृजनशील क्षमतालाई परिष्कृत गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूका ६० वटा चित्रहरू प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा स्मारिका चौधरीले बनाएका ११ वटा, सुदिक्षा वलीले ९ वटा, दीक्षा पल्लीमगर, यशु चौधरी, सिखा पोख्रेल, ऋषि बस्नेत, दीपाशु नेपाली, प्रिन्सा वली, कविता राना, स्वस्तिक आचार्य, सविना भण्डारी, इच्छा थापामगर, टीका लामिछाने, उन्नति केसी, सृष्टि केसी, कृतिका केसी, करिना जिसी, अङ्किता चौधरी, जसिका डाँगी, मञ्जुला चौधरी, मञ्जुशा वली, निकिता पुनलगायतका विद्यार्थीहरूले बनाएका चित्रहरू प्रदर्शन गरिएको थियो।
चित्रकला प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका सयौँ सन्देशमूलक चित्रहरूको विद्यार्थी र अतिथिहरूले अवलोकन गरेका थिए। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनलाई विद्यालयकी कक्षा १० मा अध्ययनरत छात्रा स्मारिका चौधरीले प्रियासनकै चित्र बनाएर उपहार दिएकी थिइन्।
यसैबीच, विद्यालयले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्न उत्प्रेरणा कार्यक्रमको आयोजना गरेको छ। विद्यालयमा गठित सृजनशील बाल क्लबको आयोजनामा भएको उत्प्रेरणा कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो। पछिल्लो समय घोराही उपमहानगरपालिकाले घोराहीमा शुक्रबार ‘बुक फ्राइडे’ कार्यक्रम लागू गर्ने निर्णय गरेपछि सबैजसो विद्यालयमा शुक्रबार नियमित रूपमा सृजनशील कार्यहरू हुँदै आएका छन्।
विद्यालयमा गठित बाल क्लबकी अध्यक्ष अदिति केसीको अध्यक्षता, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घ दाङका सचिव जे.एन. सागरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले चित्रकला सृजनशीलताको उत्कर्ष भएको बताए। चित्रकलाले विद्यार्थीलाई सृजनशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय विदेशका कतिपय मुलुकमा चित्रकलामै लागेर नाम, दाम र सम्मान कमाइरहेको बताउँदै प्रियासनले विद्यार्थीहरूको क्षमता विकासका लागि पनि चित्रकलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। सो अवसरमा विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घ दाङका सचिव जे.एन. सागरले विद्यार्थीहरूको क्षमताको प्रशंसा गरेका थिए।