बिहीबार, १४ फाल्गुन, २०८२

आगलागी पीडित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीलाई ‘लर्न फर लाइफ यूके’को सहयोग

सहयोग रकम पीडित विद्यार्थीहरू दृष्टि रिजाल, अल्बिना कोजु, अस्मिता केसी, सन्जु अधिकारी, विवेक शाह र विवेक बुढालाई प्रदान गरिएको हो।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी बस्ने घरमा भएको आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएपछि पीडित विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

युकेमा रहेको ‘लर्न फर लाइफ’ (Learn for Life) नामक परोपकारी संस्थाको सहयोगमा आगलागीबाट प्रभावित ६ जना विद्यार्थीलाई जनही २० हजारका दरले कुल १ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।

यो सहयोगको पहल एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी ध्रुव साउदले गरेका थिए। सहयोग रकम पीडित विद्यार्थीहरू दृष्टि रिजाल, अल्बिना कोजु, अस्मिता केसी, सन्जु अधिकारी, विवेक शाह र विवेक बुढालाई प्रदान गरिएको हो।

चेक हस्तान्तरण गर्ने कार्यमा प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष डा. डबल बहादुर धामी, डाइरेक्टर डा. रविन खापुङ, डीन डा. नविन थापा, प्रशासन प्रमुख द्वन्द शाही लगायतको उपस्थिति थियो।

निमित्त उपकुलपति डा. डबल बहादुर धामीले सहयोगले विद्यार्थीको शैक्षिक यात्रामा ठूलो राहत पुगेको बताउँदै भने, “आगलागीबाट पीडित विद्यार्थीको शैक्षिक भविष्यमा संकट आएको थियो। यस्तो बेला ‘लर्न फर लाइफ’ र ध्रुव साउदको पहलमा प्राप्त सहयोगले उनीहरूको मनोबल बढाउनुका साथै अध्ययनमा निरन्तरता दिन महत्वपूर्ण योगदान पुर्‍याएको छ।”

उनका अनुसार यो सहयोगले र भविष्यमा पनि यस्ता सहकार्यको बाटो खुलेको छ।

‘लर्न फर लाइफ’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आगलागीबाट गम्भीर रूपमा प्रभावित विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार