बुधबार, ४ असार, २०८२

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको सिंजा गाउँपालिका स्तरीय दोस्रो सम्मेलन सम्पन्न

सम्मेलनले मुनिचन्द्र शर्मालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।

नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको सिंजा गाउँपालिका स्तरीय दोस्रो सम्मेलनले नयाँ समिति गठनसहित विभिन्न निर्णयहरू पारित गरेको छ। सम्मेलनले मुनिचन्द्र शर्मालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।

आइतबार सम्पन्न दोस्रो पालिका सम्मेलनले कमल आचार्यलाई वरिष्ठ उपाध्यक्ष, सन्तोष धिताल र धनलाल बुढा उपाध्यक्ष, दल वीर कामी सचिव, छक्क बुढा सह-सचिव, शान्ति विक कोषाध्यक्ष र बलचन्द्र सार्की, विर्ख राना, अनिल उपाध्याय, गणेश बुढा, प्रेम रावल, डल्ली कामी, गोविन्द्र तिवारी, पुर बहादुर शाही, दिपेन्द्र सिमखाडे तथा मन प्रसाद रेग्मी सदस्यमा चयन गरेको हो।

सम्मेलनले जिल्ला र प्रदेशको प्रतिनिधि समेत सिफारिस गरेको छ। जिल्ला कमिटीका लागि ललित जंग रोकाया, धन बहादुर रावत, दिपक रोकाया र दल बहादुर वड चयन भएका छन् भने प्रदेश कमिटीका लागि मित्रलाल धिताल र गोपाल रोकाया सिफारिस भएका छन्।

यसैबीच, सम्मेलनका निर्णयहरूबारे जानकारी दिँदै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला सचिव उत्तम देवकोटाले संगठनको गाउँपालिका स्तरीय नेतृत्व र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले नयाँ समितिले कर्मचारीहरूको हकहित र संगठनको लक्ष्य प्राप्तिका लागि सक्रिय रूपमा काम गर्ने बताए।

सम्मेलनले संगठनको सुदृढीकरण, कर्मचारीहरूको पेशागत विकास र समाजिक न्याय सुनिश्चित गर्न विभिन्न रचनात्मक प्रस्तावहरू समेत पारित गरेको जनाइएको छ। कार्यक्रममा स्थानीयस्तरका कर्मचारी, नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार