सोमबार, ९ भाद्र, २०८२

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो।

सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ.

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:५१ बजे भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो।

अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण केही आएको छैन।

भुकम्पको केन्द्रविन्दु भएको भोटेकोशी गाउँपालिका ३ का दुगुनागढीका वडाध्यक्ष निमासोना शेर्पाले भुकम्पको धक्कपछि स्थानीयहरु घरबाहिर निस्केको बताए।

उनले भने, ‘मानवीय क्षतिको कुनै सुचना भने आईसकेको छैन।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार