सोमबार, २ असार, २०८२

जुम्लामा एकै दिन दुई पटक भूकम्प

स्थानीय बासिन्दाहरूलाई सतर्क रहन आग्रह गर्दै प्रशासनले आकस्मिक सहायता आवश्यक परेमा सम्बन्धित निकायलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

जुम्लामा एकै दिन दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान ११ बजेर ५६ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प दिउँसो ३ बजेर ३८ मिनेटमा महसुस गरिएको छ।

पहिलो भूकम्पको केन्द्रविन्दु जुम्लाको उर्थु चौतारा रहेको थियो, जसको तीव्रता ३.८ म्याग्निच्युड मापन गरिएको छ। त्यसपछि दिउँसो पातमारा क्षेत्र केन्द्रविन्दु भएर पुनः ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

हालसम्म दुवै भूकम्पका कारण भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन। स्थानीय प्रशासनले सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेको जनाएको छ। भूकम्पको धक्का जुम्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो।

नेपाल भूकम्पीय जोखिमयुक्त देश भएकाले भूकम्पलाई सामान्य रुपमा नलिन विज्ञहरूले सुझाउने गरेका छन्। स्थानीय बासिन्दाहरूलाई सतर्क रहन आग्रह गर्दै प्रशासनले आकस्मिक सहायता आवश्यक परेमा सम्बन्धित निकायलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार