बुधबार, ४ असार, २०८२

अनेरास्ववियुद्वारा स्ववियु चुनाव तयारी विशेष कार्यक्रम सम्पन्न

जुम्लाका विभिन्न पालिकाका १० जना नयाँ सदस्यहरूलाई अनेरास्ववियुमा स्वागत गरिएको अध्यक्ष योगीले जानकारी दिए।

अनेरास्ववियु जिल्ला कमिटीको आयोजनामा स्ववियु चुनाव तयारी विशेष कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला कमिटी अध्यक्ष रतन नाथ योगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज विराज भण्डारी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा स्ववियु चुनावको तयारी, विशेष छलफल तथा महत्वपूर्ण निर्णय गरिएको थियो। अनेरास्ववियु जिल्ला कमिटीले धन रावतको अध्यक्षतामा ११ सदस्यीय खेलकुद विभाग गठन गरेको छ।

साथै, जुम्लाका विभिन्न पालिकाका १० जना नयाँ सदस्यहरूलाई अनेरास्ववियुमा स्वागत गरिएको अध्यक्ष योगीले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले आगामी चैत ५ गते हुने स्ववियु चुनावमा व्यक्तिगत उम्मेदवार नभई अनेरास्ववियुलाई विजयी गराउनुपर्ने निर्देशन दिए।

यस अवसरमा जुम्ला बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्रकाश चन्द्र खत्रीलाई स्वागत गरिएको थियो भने पत्रकार महासंघ जुम्ला शाखाका उपाध्यक्ष नैरते नेपालीलाई सम्मान गरिएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार