मंगलवार, ३ असार, २०८२

जुम्लामा माघ २७ गतेदेखि एचपीभी खोप अभियान सुभारम्भ हुँदै

अभियानलाई सफल बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका हुने भएकाले सहयोग अपेक्षा गरिएको प्रमुख सापकोटाले बताए।

जिल्ला खोप समन्वय समिति र पत्रकारहरुबीच एचपीभी (ह्युमन पेपिलोमा भाइरस) खोप बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यस अभियान अन्तर्गत माघ २७ गतेदेखि जुम्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा खोप लगाइने छ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाको अनुसार, चन्दननाथ नगरपालिका, गुठीचौर तातोपानी र तिला गाउँपालिकामा माघ २७ देखि २९ गतेसम्म खोप लगाइने छ। त्यसपछि हिमा सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप लगाइने कार्यक्रम सकिनेछ। यो अभियान फागुन २ गते समाप्त हुनेछ।

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने सापकोटाको भनाइ छ। उनका अनुसार यसले महिलाहरुलाई यस घातक रोगबाट सुरक्षा प्रदान गर्दछ। जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय बासिन्दाहरुलाई यस अभियानमा सहभागी हुन आग्रह गरेको छ।

यो अभियान सफल बनाउन जिल्ला खोप समन्वय समिति, स्थानीय सरकार र स्वास्थ्य कर्मचारीहरुले समन्वय गरी कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति जुम्लाका कार्यबाहक प्रमुख नरबिर सुनारे बताए।

जिल्ला स्वास्थ्य कार्यालयले यस अभियानको प्रगति र परिणामहरु बारे निरन्तर जानकारी दिँदै जाने बताएको छ। अभियानलाई सफल बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका हुने भएकाले सहयोग अपेक्षा गरिएको प्रमुख सापकोटाले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार