अभिनेत्री तथा अभियान्ता तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो।
आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउँदै आएकी आशिका तामाङ पक्राउ परेकी छिन्।
अभिनेत्री तथा अभियान्ता तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो।
केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो।