निर्देशक भामलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको छ भने, अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्।
निर्देशक मीन भामको फिल्म ‘शाम्बाला’ले टर्कीको १२औं बोसफोरस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ठूलो सफलता हासिल गरेको छ।
निर्देशक भामलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको छ भने, अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्।
यसअघि लोकार्नोमा समेत अवार्ड जितिसकेकी थिन्ले ल्हामोको सशक्त अभिनय र भामको निर्देशनलाई पुनः अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गरिएको हो।
‘शाम्बाला’ नेपाली फिल्म उद्योगको लागि ऐतिहासिक रूपमा बर्लिन फिल्म फेस्टिभलको प्रमुख विधातर्फ छनोट हुने पहिलो नेपाली फिल्म बनेको छ।
फिल्मले एक महिलाको कथा प्रस्तुत गर्छ, जो आफ्नो हराएका पतिको खोजीमा साहसिक यात्रामा निस्किन्छिन्।
फिल्ममा थिन्ले ल्हामोसँगै अभिनेता कर्मा, सोनम तोप्देन लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न पाइन्छ। यो फिल्म अहिले नेपाली दर्शकहरूले क्युएफएक्स हलमा हेर्न सक्नेछन्।
फिल्म ‘शाम्बाला’को यो सफलताले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिने काम गरेको छ।