सोमबार, ८ पुष, २०८१

जुम्लामा चंगा महोत्सव

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले चंगा महोत्सवको उद्‌घाटन गरेका थिए।

जुम्लामा चंगा महोत्सव सम्पन्न भएको छ। संस्कृति संरक्षण र संवर्द्धन समितिको आयोजनमा जुम्लामा तेस्रो चंगा महोत्सव सम्पन्न भएको हो।

बालबालिकाहरुले भाग लिने गरेको चंगा महोत्सव तीन वर्षदेखि निरन्तर हुँदै आएको छ। मञ्चका संयोजक महेन्द्र कार्कीले बताए।

उनल भने, ‘६० जना बालबालिकाले चंगा महोत्सवमा भाग लिएका थिए। उनीहरुलाई चंगा दिइएको थियो भने चंगा उडाउने तरिका, उडेको दूरी र उडाउन जान्ने/नजान्ने सीप हेरेर मूल्यांकन गरिएको थियो।’

महोत्सवमा बालकतर्फ रिदम श्रेष्ठ प्रथम, अमान सिद्धिकी द्वितीय र विवेक देवकोटा तृतीय भए भने बालिकातर्फ दिपेङका सिमखाडा हमाल प्रथम र शुभेच्छा बुढा द्वितीय भए। उनीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले चंगा महोत्सवको उद्‌घाटन गरेका थिए। उनले चंगा महोत्सवले बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै दसैं आएको अनुभूती गराउने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार