सोमबार, ८ पुष, २०८१

प्रेस युनियन जुम्लाले पत्रकार महासंघ केन्द्रमा लगाएको तालाबन्दीलाई ५२ शाखाको ऐक्यबद्धता

नेपाल पत्रकार महासंघको केन्द्रीय प्रेस युनियन जुम्लाले लगाएको तालाबन्दीमा ५२ शाखाले समर्थन गर्दै फेरि ताला लगाएका छन्।

महासंघले निर्वाचन कार्यतालिका अनुसार भदौ २९ गते साँझ प्रकाशित गरेको नामावलीमा गैर पत्रकारहरुको नाम समावेश गरिएको भन्दै नेपाल प्रेस युनियन जुम्ला शाखाका अध्यक्ष प्रकाश उपाध्यायले ३० ताला लगाएका हुन्।

क्रियाशिल पत्रकारहरुको सदस्यता कायम गरी महासंघको निर्वाचनलाई मर्यादित बनाउन माग गर्दै ताला लगाएको उनले बताए। उनले सदस्यता वितरण एकलौटी ढंगले वितरण गरेको भन्दै गैर पत्रकारको सदस्यता खारेजीको समेत माग गरेका छन्।

महासंघकै ५२ जिल्लाका शाखा अध्यक्षहरुले पनि सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एक्यवद्धता जनाएका छन्।

महासंघको विधानअनुसार सदस्यता वितरण र नवीकरण शाखाको सिफारिस अनुसार प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखिकरण गर्नुपर्ने माग शाखा अध्यक्षहरुको रहेको छ।

यस अघि पनि सदस्यता विवादका कारण महासंघमा ताला लगाइएकोमा सहमति पछि ताला खोलिएको थियो। महासंघका अध्यक्ष विपुल पोख्रेलले अध्यक्ष पदबाट राजिनामा दिइसकेका छन् ।

अहिले महासंघको कार्यवाहक अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जम्मेवारी सम्हालेका छन्।

केन्द्रीय निर्वाचन समितिले असोज १२ गतेका लागि महासङ्घको निर्वाचनको मिति तोकिसकेको छ र कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार